Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रचण्ड–नेपाल समूहको आम हड्ताल, अवज्ञा गर्न सरकारको अपिल

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 4, 2021
प्रचण्ड–नेपाल समूहको आम हड्ताल, अवज्ञा गर्न सरकारको अपिल
104
SHARES
260
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ २२। संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ ।सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल-नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् ।

लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।दाहाल-नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ । काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् ।नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ का अनुसार सामाखुसीबाट मिलन तमाङ, समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ । उनीहरूलाई तत्काल रिहा गर्न सापकोटाले माग गरेका छन् ।आमहड्तालमा तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसल, परीक्षार्थीहरूलाई भने अवरोध नगरिने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

आमहड्ताल अवज्ञा गर्न सरकारको आह्वान

गृह मन्त्रालयले आमहड्ताललाई वेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ ।बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले उद्योग धन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ ।आमहड्ताललाई लक्षित गरी सरकारले मुलुकभर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बढाएको छ । बिहानैदेखि सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिती देखिएको छ ।पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको हो ।

पछिलो समाचार

संवैधानिक ‘कु’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन :मुख्यमन्त्री राउत

अघिल्लो समाचार

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

19 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits