पर्साको सखुवा प्रसौनी गाउँपालिका बडा नं.१ सिद्धपुरमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत कलश यात्रा निकालिएको छ । फागुन २५ गते शुक्रबार देखि २०८० चैत्र ०२ गते शुक्रबार सम्म शिवरात्रीको पावन अवसरमा बनशक्ति देबि तथा शिव मन्दिर प्रवर्द्धन, पुन: निर्माण सहयोगार्थ तथा आ- आफ्नो कुलको उद्धार, राष्ट्रको शान्ति, लोक कल्याण समस्त जिवात्माको सुख शान्ति एवम् ज्ञात अज्ञात आत्माको मोक्ष प्राप्त हेतु श्रीमद् भागवत धन-धन्याञ्चल सप्ताह ज्ञानमा प्रमुख वाचक पुज्य आचार्य श्री ओम प्रकाश सुबेदी ज्यू र उप-वाचक प. श्री गोविन्द दाहाल ज्यूको मुखार बिन्दुबाट अमृतमय कथा वाचनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खती प्राप्त कलाकारहरु द्वारा संगीतमय भजन् एवम् झाँकी देब लिला सहित हुनेछ धार्मिक संगीत भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ






प्रदेश सांसद प्रमोद जस्वालले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट श्री बनशक्ति देबि तथा शिव मन्दिरले नयाँ स्वरुप पाएको बताउनुभयो । उहाँले व्यवस्थित सडक र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । ”प्रदेश सांसद जस्वालले एकीकृत पर्यटकीय पूर्वाधार निर्माणमा आफूहरु लागिपरहेको बताउनुभयो । नेपाललाई प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सखुवा प्रसौनी गाउँपालिका उपाक्ष्य सर्मिला विष्ट महतोले धार्मिक पर्यटनको विकासमा सरकारको सहयोग चाहिएको बताउनुभयो । उहाँले श्रीमद् भागवत धन-धन्याञ्चल सप्ताह ज्ञान सञ्चालन हुनाले सखुवा प्रसौनी गाउँपालिका बडा नं.१को समृद्धिमा ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो । धार्मिक सदभाबअवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट सखुवा प्रसौनी गाउँपालिकाले ठूलो लाभ लिन सक्छ, यसतर्फ सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

समाजमा विभिन्न किसिमका विकृतिहरु मौलाउँदै जाँदा श्री बनशक्ति देबि तथा शिव मन्दिरले समाजमा सद्भाव स्थापना हेतु कथा ज्ञान यज्ञको आयोजना गरेको हो । समाजिक सद्भाव कायम राख्न साथै हिन्दू धार्मिक ग्रन्थले हिड्न यस प्रकारको यज्ञले उत्पे्ररित गर्ने विश्वास सामाजसेबी तथा श्रीमद् भागवत धन-धन्याञ्चल सप्ताह संयोजक श्री बहादुर सिल्वालले बताउनुभयो



महायज्ञ समुद्घाटन प्रमुख अतिथी समाजसेबी छबि लाल अगस्तीले एक समारोहवीच गरे । श्री बनशक्ति देबि तथा शिव मन्दिर परिसर भित्र)मा आयोजना गरिएको श्रीमद् भागवत धन-धन्याञ्चल सप्ताह ज्ञानमा हरेक दिन दैनिक कार्यक्रम फागुन २६ गते बिहान ७:०० बजे बाट नित्यपुजन एंवन वन तथा पाठपारायण ११:०० देखि ४:०० बजे सम्म संगीतमय कथा प्रवचन तथा झांकी दैनिक बेलुकी ७:०० देखि ११:०० बजे सम्म माहात्म्य कथा, भजन तथा झाँकी। २०८० चैत्र ०२ गते दिउसो ३:०० बजे तिलार्पण । २०८० चैत्र ०२ गते पूर्णाहुती, महाभिषेक, विदाई कार्यक्रम तथा यज्ञ समापनको कार्यक्रम रहेको जानकारी यस कार्यक्रमका मुख्य व्यवस्थापक दिपेन्द्र कडेलले गरानुभाको छ । पहिलो दिन कलश यात्रा पनि भएको छ । श्री बनशक्ति देबि तथा शिव मन्दिर बाट सुरु भएको यात्रा नगर परिकन्मा गरी श्री कोईला भारमाई पुगी पुनः श्री बनशक्ति देबि तथा शिव मन्दिर सम्पन्न भएको थियो ।
श्