गैडाकोट न.पा. ११ भेडावारी नवलपुरमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा निकालिएको छ । यही मिति २०८० माघ ११ गते देखि माघ १८ गते सम्म पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको संरक्षकत्वमा संचालन हुन गईरहेको हरिहर सन्यास आश्रम देबघाटधामका श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा माधुर कथावाचक आचार्य बालकृष्ण अर्याल ज्युको मुखारविन्दबाटवाचन हुनेछ संगितमय भागवत कथामा वरिष्ठ भजन गायक दिनेश बलम्पाखीले आफ्नो धार्मिक संगित भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ ।
समाजमा विभिन्न किसिमका विकृतिहरु मौलाउँदै जाँदा श्री गणेश पन्चाङ्ग मन्दिरले समाजमा सद्भाव स्थापना हेतु कथा ज्ञान यज्ञको आयोजना गरेको हो । समाजिक सद्भाव कायम राख्न साथै हिन्दू धार्मिक ग्रन्थले देखाएको मार्गमा हिड्न यस प्रकारको यज्ञले उत्पे्ररित गर्ने विश्वास प्रमुख अतिथी ज्ञानानन्द सरस्वती महाराजले एक समारोहवीच बताउनुभयो।
श्री गणेश पन्चाङ्ग मन्दिर गैडाकोट न.पा. ११ भेडावारी नवलपुर परिसर भित्र)मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताहमा हरेक दिन विहान ६ बजे देखी१०ः३०सम्म पुजा पाठ पारायाण ११; २०वजेदेखि ४बजेसम्म कथा प्रवचन २०८० चैत्र १७ गते बुधबार साँझ लक्ष्वर्तिका (लाखबती) प्रज्वलन २०८० माध् १८ गते बिहिबार प्रसाद ग्रहण : दिनको १:०० बजे तिलाचर्न, र पुर्नाहुती, विसर्जनको कार्यक्रम रहेको जानकारी परचार परसार समितिका सभापती हरिराज गौतमले गरानुभाको छ । पहिलो दिन कलश यात्रा पनि भएको छ । श्री गणेश पन्चाङ्ग मन्दिरबाट सुरु भएको यात्रा बिभिन्न संघ संथाको उपस्थिति रहेको यात्रामा नगर परिकन्मा गरी श्री गणेश पन्चाङ्ग मन्दिर सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !