धनुषा र महोत्तरी जिल्लाका सरोकारबालाहरुको छोरी शिक्षा बिमा सम्बन्धी क्षमता अभिवृद्धि गोष्ठी बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ । गोष्ठीमा छोरी शिक्षा बिमा सम्बन्धी आवश्यक जानकारी गराइएको थियो । २०७८ माघ १ गतेदेखि यता जन्मेकी छोरीहरुको अनलाइनमार्पmत बिमा भइरहेको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका संयोजक प्रियंका यादवले बताइन् । उनले गत आर्थिक वर्षमा प्रदेशका ५ हजार २ जना छोरीको बिमा भएको जानकारी दिइन् । उनीहरुको बिमा वापतको प्रिमियम रकम बैंक दाखिलासमेत भइसकेको उनले जानकारी दिइन् । चालु अािर्थक वर्ष २०८०।८१ को पहिलो दुई महिनामा ५ सय ३३ छोरीको कागजात तयारी अवस्थामा रहेको छ, उनले भनिन–प्रिमियम वापतको रकम बैंक पठाउने तयारी भइरहेको छ । प्रदेश सरकारको सर्वाधिक लोकप्रिय कार्यक्रम बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई सफल बनाउन सरोकारबालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयालले बताए । यस कार्यक्रमलाई सफल पार्ने जिम्मेवारी प्रदेश सरकारको मात्र नभई जनप्रतिनिधि र कर्मचारीहरुको समेत रहेको उनले बताए । वडाध्यक्ष, वडासचिव, पञ्जिकाधिकारी र सूचना व्यवस्थापन अधिकृतले वडाबाटै आवश्यक सहयोग गरिदिदा आमजनताको समस्या धेरैहदसम्म समाधान हुने विश्वास उनले व्यक्त गरे । छोरीको जन्मदता बनाउने कार्यदेखि वडाको सिफारिससम्म गर्ने कार्यमा जनप्रतिनिधि र कर्मचारीको भूमिका रहेको छ, उनले भने–अनलाइन फारम दर्तामा पनि वडा कार्यालयहरुले जनतालाई सहयोग गर्नुपर्छ । जानकारी नहुँदा कयौ अभिभावकलाई समस्या भएको सम्भिदै निर्देशक फुयालले यसलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । गोष्ठीमा युनिसेफकी चिजा भण्डारीले सहभागीहरुलाई जन्मदर्ता सम्बन्धी सरकारी व्यवस्था, बिमा गर्दा आवश्यक पर्ने कागजातबारे जानकारी गराएकी थिइन् । लाइफ नेपालका श्रीप्रसाद मण्डलले सहजीकरण गरेको गोष्ठीमा धनुषा र महोत्तरी जिल्लाका वडाध्यक्ष, वडासचिव, पञ्जिकाधिकारी, सूचना व्यवस्थापन अधिकृत लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !