पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेल्दै अंक बाडेका छन् ।
सोमबार भएको खेलमा ललितपुर र चितवनले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले बराबरी खेलेको हो । खेलमा ललितपुरका लागि कमल श्रेष्ठले गोल गरे । चितवनका अमित तामाङले बराबरी गोल फर्काए ।बराबरीसंगै दुवै टोली अंक बाड्न बाध्य भएका छन् ।
तपाईको प्रतिक्रिया !