जनकपुरधाम, माघ २४ : महोत्तरीको भंगहामा भएको प्रदेश २ कै सबैभन्दा बढी पुरस्कार राशीको भंगहा मेयर गोल्डकप २०७७ फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लवले जितेको छ । शनिवार भंगहा नगरपालिकाको सीतापुर भंगहा बजारस्थित माविको खेल मैदानमा भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धाको खेलमा एपीएफ काठमाडौंलाई हराउँदै त्रिभूवन आर्मी क्लबले उपाधी जितेको छ । भंगहा मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा खेलमा एपीएफ काठमाडौंलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै त्रिभूवन आर्मी क्लबले उपाधी जितेको छ ।
खेलमा पहिलो हाफमा त्रिभुवन आर्मी क्लवले कर्नर किकबाट १ गोल गरेको थियो हाफ पछाडि एपीएफले १ गोल गरेको थियो । त्यसको केही समय पछि फेरी आर्मी क्लवले १ गोल गरेपछि अग्रता लिएको थियो र आर्मीको लागि त्यहि गोल निर्णायक गोल सावित भयो ।
सो प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लवलाई नगद रु. पाँच लाख, प्रमाण, पत्र र शिल्ड प्रदान गरिएको छ भने उपविजेता टिमलाई नगद रु. दुई लाख रुपैयाँ पुरस्कार र शिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको आयोजक भंगहा नगरपालिकाका मेयर संजिव साहले जानकारी दिएका छन् ।
सो फाइनल खेल हेर्न हजारौंको संख्यामा खेलप्रेमी तथा दर्शकहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !