जनकपुरधाम, माघ २२ गते । मध्यमाञ्चल रिजनल ईन्जिनियरिङ्ग कलेज (आरईसी) ले प्रत्येक वर्ष आयोजना गर्ने आरईसी स्पोर्टस वीक यस वर्ष पनि जारी छ । गत चैतमै आयोजना हुनु पर्ने भएपनि कोभिड–१९ का कारण गत माघ २० गते देखि सप्ताह व्यापी आठौं स्पोर्टस वीक सुरु भएको कलेजका संस्थापक संजय साहले बताए । उनका अनुसार यस वीकमा कुल विभिन्न २२ खेलहरु विद्यार्थीहरु प्रतिस्पर्धाका रुपमा खेलिरहेका छन् । कलेजका छात्र÷छात्राहरुको समेत सहभागिता रहेको खेलहरुमा प्रत्येक दिन पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरुलाई फुलमाला र अविर लगाए सम्मान गरिन्छ भने वीकको अन्तिममा आयोजना हुने समारोहमा पुरस्कृत गरिने छ । सञ्चालक साहका अनुसार विजेताहरुलाई प्रमाणपत्र, मेडल, शिल्ड तथा प्रति महिनाको शिक्षण शुल्कमा छात्रवृती प्रदान गरिने छ । उनले भने, ‘विद्यार्थीको मनोरञ्जन, स्वास्थ्य तथा अनुशासनका लागि हामि प्रत्येक वर्ष यो सप्ताह गर्दै आएका छौं जसलाई विद्यार्थीले नै भब्य बनाउने गरेका छन् ।’ स्पोर्टस वीक मिनि म्याराथनवाट सुरु भएको छ । सो म्याराथनमा नेपाल प्रह्री, ट्राफिक प्रहरीले समेत उतम सहयोग गरेको साहले बताए । म्याराथनमा कलेजका युवायुवतीहरु कलेज देखि जनकपुरधामको परिक्रमा सडकको अधिकांश भागको दुरी तय गरेका थिए । वीकमा म्याराथनका साथै क्रिकेट, भलिवल, ब्याडमिन्टन, चेस, क्यारम, हाईजम्प, लङ्गजंप र शटफुट सहित २२ खेलहरु खेलिदै छ ।
तपाईको प्रतिक्रिया !