काेराेना संक्रमण पुष्टि भएका राष्ट्रिय खेलाडी एरिक विष्ट काेराेनामुक्त हुनुभएकाे छ । १९ दिन लामो आइसोलेसन बसाईपछि गरिएको कोरोना परिक्षणमा विष्टकाे रिपाेर्ट नेगेटिभ देखिएकाे हाे ।
नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास शुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको उहाँले बताउनुभयाे ।
काेराेना संक्रमणकाे समयमा घरायसी बसाईलाई नै आइसोलेसन बनाएका एरिकले अहिले कोरोनालाई जितेका छन् । बुधबार टेकु अस्पतालले कोरोना पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको उहाँकाे भनाइ छ । बीचको अवधिमा सबैतिर कोरोना भएको भन्दै आफन्त र साथी भाइले सोध्दा आफू खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उहाँकाे अनुभव छ ।
विष्टले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन् । मानिसमा पोजेटिभ देखिने बित्तिकै डराउनु नपर्ने विष्टकाे भनाइ छ ।
तपाईको प्रतिक्रिया !