Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वर्ष मुनिका बालबालिकाको जन्मदर्ता र बालपोषण भत्ता शतप्रतिशत सुनिश्चित गाउँपालिका घोषणा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 30, 2021
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वर्ष मुनिका बालबालिकाको जन्मदर्ता र बालपोषण भत्ता शतप्रतिशत सुनिश्चित गाउँपालिका घोषणा
35
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

सिरहा- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वर्ष मुनिका बालबालिकाको जन्मदर्ता र बालपोषण भत्ता शतप्रतिशत सुनिश्चित
गाउँपालिका घोषणा भएको छ । पाँच वर्ष मुनिका बालबालिकाको जन्मदर्ता र बालपोषण भत्ता शतप्रतिशत सुनिश्चित हुने सखुवानन्कारकट्टी प्रदेशकै पहिलो पालिका बनेको हो । युकेएड, युनिसेफ नेपालको सहयोग र लाइफ नेपालको सहजीकरणमा सखुवानन्कारकट्टी गाउँपालिकाले बिहीबार आयोजना गरेको एक कार्यक्रमका बीच बालबालिकाको जन्मदर्ता र बालपोषण भत्ता सुनिश्चित पालिका घोषणा गरिएको हो । संघीय सरकारले प्रति बालबालिका मासिक पाँच सय रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा शतप्रतिशत सरकारी सुविधाबाट लाभान्वित हुनको लागि समयमै बालबालिकाको जन्मदर्ता लिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिकामा बिहीबार आयोजित बालबालिकाहरुलाई जन्मदर्ता र बालपोषण भत्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले समयमै बालबालिकाको जन्मदर्ता बनाउनुपर्नेमा गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जोड दिए ।

पाँच वर्ष मुनिका बालबालिकाहरुको जन्मदर्ता बनाएर बालपोषण भत्ताबाट लाभान्वित हुनुपर्नेमा उनले जोड दिए । अहिलेसम्म पालिकाले दुई हजार १९ बालबालिकाको जन्मदर्ता बनाएर पोषणभत्ता सुनिश्चित गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले बताए । गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा युनिसेफकी चिजा भण्डारी, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर ,डलि शर्मा लगायतले बालबालिकाको समयमै जन्मदर्ता बनाएर राज्यले व्यवस्था गरेको सुविधाबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए ।

पछिलो समाचार

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार

अघिल्लो समाचार

लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरु पार्टीले गर्न नसक्ने नेता पौडेल

तपाईको प्रतिक्रिया !

ताजा समाचार

अछाम सदरमुकामका ६ स्थानमा निषेधाज्ञा जारी

अछाम सदरमुकामका ६ स्थानमा निषेधाज्ञा जारी

8 mins ago
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

19 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

19 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

20 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits