आइतबार काठमाण्डु उपत्यका लगायत पहाडि जिल्ला होली पर्व मनाइएको छ । तर होलीमा पर्यटकले भरिने ठमेल भने यस बर्षपनि सुनसान देखियो ।
यसअघिको बर्ष र अहिलेको बर्ष कोरोनाका कारण पर्यटकहरुको आवागामनका कमी आउदा ठमेल बजार सुनसान देखिएको हो । यसअघि होलीमा रमाउनकै लागि पनि पर्यटकहरु काठमाडौको ठमेल पुग्ने गरेको स्थानीय व्यापारिहरुको भनाइ छ । उनीहरुले पहिले जस्तो होलीको रौनक ठमेलमा नदेखिएको बताए । फाल्गुण शुक्ल पूर्णिमाका दिन जाडो यामको बिदाइ र मौसमको राजा, वसन्तको आगमनलाई होली मनाएर स्वागत गर्ने प्राचिन परम्परा छ ।
तपाईको प्रतिक्रिया !