धार्मिक तथा ऐतिहासिक महत्वका १५ दिने मध्य परिक्रमा शनिवारदेखि विधिवत रुपमा शुरु भएको छ । फागुन औशिबाट शुरु भई पुर्णिमा सम्म चल्ने यो परिक्रमा महोत्सव धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मठबाट भगवान श्रीराम र जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी(जानकी) को डोला प्रस्थान गरेपछि परिक्रमाको यात्रा प्रारम्भ भएको हो । डोलाका पछाडी परम्परागत बाजागाँजा सहित मौलिक पहिरनमा हजारौ श्रद्धालु भक्तजनहरु सहभागि भएका छन् । धनुषा, महोत्तरी र भारत बिहारका धार्मिक ऐतिहासिक स्थलहरु समेटने परिक्रमा अन्तर्गत नेपालको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरि १ सय २० किलोमिटरको पैदल यात्रा गरिन्छ । वृहत्त, मध्य र अन्तर गृह गरि तीन प्रकारको परिक्रमा मनाईने गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनीय रहेको साहित्यकारहरुको भनाई छ ।
मिथिला माहात्मयमा वर्णन गरिएको मध्य परिक्रमको शुरुवात १८ औ शताब्दी भन्दा केहि अगाडी भएको बताइन्छ । परिक्रमा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, बिहारको कल्यानेश्वर,भारतकै फुलहर(गिरिजा स्थान) महोत्तरीको मटिहानी, जलेश्वर, मडै,धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा (भार त),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृह परिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने सुन्दरसदन कुट्टीका महन्थ नवलकिशोर शरणले बताए । परिक्रमामा भारतको अयोध्या, मथुरा, दरभंगा, सीतामाढी, वैद्यनाथधाम लगायतका साधुसन्तहरुको पनि सहभागिता रहने गरेको छ । नेपाल–भारत बिचको सदियौदेखि रहिआएको मधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाको ठुलो योगदान रहदै आएको छ । परिक्रमाको भोलि पल्ट जनकपुरधाममा होली पर्व मनाईने चलन रहेको छ । परापूर्वकालदेखि कचुरी गाउँमा अवस्थित मिथिलाबिहारी मठबाट भगवान श्रीरामको डोला उठेपछि १५ दिवसीय परिक्रमा शुरु हुने गरेको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले बताए । मिथिला बिहारी मठस्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न हरसम्भव प्रयास गरिने मेयर यादवले जनाए । गत वर्ष मात्रै पुष्पवर्षा लगायतको कार्यक्रमहरु गरेर मिथिलाबिहारी मठको धार्मिक एवम् ऐतिहासिक महत्वलाई देश विदेशमा पुर्याउने प्रयास गरिएको उनले थपे ।
परिक्रमाको धार्मिक महत्व, मिथिलाञ्चल क्षेत्रमा पर्ने भुमि संसारका सर्वश्रेष्ठ भुस्थल रहेको हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको छ । प्राचीन मिथिलाका सीरध्वज राजा जनकले आफ्ना राज्यमा खडेरी परेको वेलामा हलो चलाउदा आदि शक्तिको रुपमा सीता प्रकट भएकी थिईन् । त्यसैगरि, करिव ५ हजार वर्ष पुर्व धर्म साँस्कृति तथा दैनिक जीवनयापनको विषयमा संसार अनभिज्ञ रहेको समयमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाम ऋषि–महर्षि तथा विद्वानहरू विभिन्न विषयमा शास्त्रार्थ गर्दथे । याज्ञवल्क्य, अष्टबक्र, शुकदेव जस्ता दाशर्निक विद्ववानहरू सृर्जना र ऋषि–महर्षिहरू साधना लिप्त रहन्थे । संसारका ६ वटा पुर्वीय दर्शन मध्ये ४ वटा न्याय, बैशाखीक, शंख र निमागशा यसै क्षेत्रमा लेखिएको साहित्यकारहरु बताउँछन् । त्यसैगरि, त्रेता युगमा भगवान विष्णुजी आफ्नो साकेत धामबाट यस लोक अवधमा रामचन्द्रको रुपमा अवतरित हुँदा महालक्ष्मी पनि सम्पुर्ण बैकुण्ड धामलाई संगै लिएर मिथिलाको यस पवित्र भु–भागमा प्रकट भएकी धार्मिक जनविश्वास छ ।
तपाईको प्रतिक्रिया !