Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जितिया पर्व समपन्न

News Desk News Desk
September 11, 2020
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु
12
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।

‘जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् । व्रती सोनादेवी भन्छन, “जिमुतवाहनको कामनामा धेरै शक्ति छ, यसको नियमपूर्वक पूजा गर्नाले सन्तानको आयु वृद्धि हुनेगरेको विश्वाससहित ३६ घण्टाको व्रत निर्विघ्नतापूर्वक सम्पन्न गरेकी छु ।”

जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।

अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।

साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रती आमाले पूजापाठ गर्दछन ।

नवमी तिथिका दिन व्रतीले स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्यालको व्यवस्था गर्ने र दिवङ्गत महिलालाई नैवेद्य अर्पण गरेर प्रसाद लिई पारण गरी व्रतलाई सम्पन्न गरिने परम्परा रहेको छ । यो व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवताको भएको बुझिन्छ । यसमा जिमुतवाहन नामक लोकदेवताको पूजा गरिन्छ । जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ । रासस

पछिलो समाचार

काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको डिपिआरका लागि भारतले माग्यो अनुमति

अघिल्लो समाचार

सिरहामा पानीमा डुबेर दुई जनाको मृत्यु

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits