Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

चीनले सार्वजनिक गर्यो कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोप

News Desk News Desk
September 8, 2020
चीनले सार्वजनिक गर्यो कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोप
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गर्दै आएको चीनले खोप सार्वजनिक गरेको छ ।

चीनले सोमवार राजधानी बेइजिङमा आयोजित व्यापार प्रदर्शनीमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक गरेको हो । प्रदर्शनीमा दुई वटा खोप राखिएको थियो । पहिलो खोपको नाम ’कोरोनावेक’ राखिएको छ । उक्त खोपलाई चीनको कम्पनी सिनोवेक बायोटेकले निर्माण तथा उत्पादन गरेको हो ।

प्रदर्शनीमा उक्त खोपलाई इञ्जेक्सनका रुपमा देखाइएको छ । कम्पनीका प्रवक्ताका अनुसार खोप उत्पादनका लागि फ्याक्ट्री समेत तयार पारिसकिएको छ । उक्त फ्याक्ट्रीमा प्रति वर्ष ३० करोड डोज खोप उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ ।

९० प्रतिशत कर्मचारीलाई खोप

सिनोवेक बायोटेक कम्पनीका प्रमुख कार्यकारी यीनका अनुसार कम्पनीमा कार्यरत ९० प्रतिशत कर्मचारी र उनीहरुका परिवारलाई कोरोना भाइरसविरुद्धको उक्त खोप दिइसकिएको छ । आकस्मिक कार्यक्रम अन्तर्गत उनीहरुलाई खोप लगाइएको उनले बताए । पहिलोपटक गत जुलाइमा खोप दिइएको थियो । यद्यपि अझै खोपमाथि विभिन्न परीक्षण जारी नै रहेको छ ।

दोस्रो खोप सनोफार्मले बनायो

सिनोवेक बायोटेक कम्पनी सँगै चीनकै अर्को फार्मा कम्पनी सिनोफार्मले पनि प्रदर्शनीमा कोरोनाविरुद्धको खोप सार्वजनिक गरेको छ । सिनोफार्माका अध्यक्षका अनुसार खोपको दुई डोजको मूल्य झण्डै २० हजार नेपाली रुपैयाँभन्दा कम पर्नेछ । चीनले तयार पारेको दुवै खोप हाल मानवीय परीक्षणको तेस्रो चरणमा रहेका छन् । चीनीयाँ सञ्चार माध्यमहरुले जनाए अनुसार दुवै खोप यसै वर्षको अन्त्यसम्म बजारमा आइसक्नेछ ।

सिनोवेक बायोटेकका प्रमुख कार्यकारी अधिकृतले खोपको विश्वसनीयतामा कुनै शंका नरहेको बताए । उनले आफैंले पनि यो खोप लगाएको बताउदै खोपको साइड इफेक्ट पनि अत्यन्त कम रहेको दाबी गरेका छन् । तर खोप लगाइसकेपछि थकाइ लाग्ने,हल्का ज्वरो आउने र केही दुखाइ महसुस हुने जस्ता हलुका लक्षण भने देखिएको उनले बताए ।

पछिलो समाचार

मौसम अपडेट : देशभरको मौसम आंशिक बदली, केही प्रदेशमा वर्षाको सम्भावना

अघिल्लो समाचार

वीरगञ्जमा ६० वर्षीय संक्रमितको मृत्यु

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits