सिराहामा थप एक जना कारोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ का ७७ बर्षीय पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
सास फेर्न समस्या भएपछि गत भदौ १६ गते काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार गराउन गएका ती पुरुषको आइतबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख कृष्णदेव यादवले बताए । भदौ १६ गते अस्पताल भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा १७ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको यादवले बताए ।
मृतक यसअघि क्षयरोगी थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
तपाईको प्रतिक्रिया !