धनुषामा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा झडपमा परी ५ जना घाईते भएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तीपुर स्थित काठको गोलियाको बिषयमा झडप हुँदा ५ जना घाईते भएको हो । सो झडपमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी नीरिक्षक दिपक राय सहित ५ जना घाईते भएका हुन् । धनुषाको औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा गएराति प्रहरी र स्थानीयबिच झडप हुँदा २ प्रहरी र ३ स्थानीय गरी ५ जना घाईते भएको हो ।
गाउँलेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित लगायतका घाईते भएका हुन् । झडपमा परी घाईते भएका प्रहरी निरीक्षकको निधारमा ६ वटा टाँका लागेको छ । प्रहरीको लाठीचार्जबाट एक महिलासहति ३ जना स्थानीय घाइते भएका छन् ।
उनीहरुको उपचार धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको जसपाका स्थानीय युवा नेता अजयकुमार राउतले जानकारी दिए । बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बिच भएर बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेको थिए ।
त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबिच झडप भएको थियो ।
तपाईको प्रतिक्रिया !