धनुषामा आइतबार चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका–७ किसानपुरका अन्दाजी ४२ वर्षीय मोहिता सदाको आइतबार दिउँसो करिव १ बजे खेतबाट घर फर्किरहेको बेला चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक विजय यादवले जानकारी दिए ।
चट्याङ लागेर गम्भीर मृत्यु भएका सदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !