Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २ : भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी

News Desk News Desk
September 6, 2020
प्रदेश २ : भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी
22
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो । सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) थपिन लागेको हो । प्र्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याइहालिने सशस्त्र प्रहरी बलका प्रदेश–२ प्रमुख (बाहिनीपति) तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले स्पष्ट पार्नुभयो । यसक्रममा केही नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । त्यसपछि क्रमशः दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बिओपी स्थापना गरिने छ । सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा  तीनहजार ५०० जनशक्ति परिचालित छन् ।

अहिले कोभिड–१९ सङ्क्रमणको सन्त्रास छाएका बेला सीमाक्षेत्रमा हुने दोहोरो आवागमन रोक्न, सीमाक्षेत्रमा हुँदै आएका अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न र सीमा सुरक्षामा थप जनशक्ति बढाउन बिओपी थपिन लागेको बाहिनी कार्यालयले स्पष्ट पारेको छ ।

कोभिड–१९ सङ्क्रमण शुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश–२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ ९एफओबी० समेत स्थापना गरेको छ । अवैधरूपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टिन केन्द्रमा पठाउने काम एफओबीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शय्याका क्वारेन्टिन केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरीले प्रदेशका आठ जिल्लाका भारतसँग सीमा जोडिएका स्थानीयतहका १३३ वडामा सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा गठित सीमा निगरानी समितिसँग समन्वय गरेर ‘सीमा सुरक्षामा जनता र सशस्त्र प्रहरी साथसाथ छन्’ भन्ने सन्देश प्रवाह गरेको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

सशस्त्र प्रहरीका सीमा प्रहरी पोष्टले आर्थिक वर्ष २०७७/०७८ शुरु भएयताका साउनदेखि हालसम्मको अवधिमा अवैध तरिकाले सीमा वारपार गरिन लागिएका करिब छ करोड मूल्यका समान बरामद गरी सम्बन्धित भन्सार कार्यालयहरुलाई बुझाएको छ । यसैगरी आपराधिक क्रियाकलापमा भेटिएका २४ जनालाई नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित नेपाल प्रहरीका कार्यालयमा बुझाइएको बाहिनी कार्यालयले जनाएको छ ।

यस अवधिमै स्रोत नखुलेको रु २७ लाख ९५ हजार ७३० नगद र वनक्षेत्रमा हुने अवैध चोरी कटानका नौ लाख मूल्यका काठ बरामद गरी सम्बन्धित वन कार्यालयलाई बुझाइएको बाहिनी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलले थप पोष्ट र जनशक्ति बढाएसँगै सीमाक्षेत्रबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सुधार हुने सीमाक्षेत्रका सर्वसाधारणले आस सङालेका छन् ।

पछिलो समाचार

नेपाल-भारत वार्ताका लागि गहन पहल

अघिल्लो समाचार

सिरहा : प्रदेशले पठाएको राहत गोदाममा कुहिँदै, गरिब भोकै

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

5 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits