धनुषाको हँसपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७८\०७९ कोबजेट सार्वजनिक गरेको छ । आउँदो आर्थिक वर्षको लागि नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजारको बजेट सार्वजनिक गरेको हो । हँसपुर नगरपालिकाको नौवाखोर प्रसाहीमा शनिबार आयोजित आठौ नगरसभामा उपप्रमुख रेणु झाले आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी थिइन् । नगरप्रमुख रामज्ञान मण्डलको अध्यक्षतामा भएको नगरसभाले वित्तिय समानिकरण अनुदानतर्पm १२ करोड ५७ लाख, सशर्त अनुदानतर्पm २० करोड १३ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि २९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा भएको सभामा नगरप्रमुख मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरको चौतर्फी विकासको लागि प्रतिबद्धता जाहेर गरेका थिए । आउँदो आर्थिक वर्षमा नगरबासीको अपेक्षा अनुरुप तिव्र विकास र शिघ्र सेवा नारालाई सार्थक बनाउन नगरपालिका लागिपरेको उनले बताए । नगरको समाजिक विकास गर्न विभिन्न अभियानहरु संचालन गरिने नीति तथा कार्यक्रममार्पmत सार्वजनिक गरे । सभ्य बेटी, संस्कारी बेटी अभियान नगरपालिकाले संचालन गर्ने भएको छ । प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानलाई बल पुर्याउन पालिकाले सो अभियान संचालन गर्ने भएको हो । युवा बचाउ अभियान, नगरप्रमुख सरसफाई कार्यक्रम, निर्वाचित जनप्रतिनिधिहरुको लागि अक्षयकोषको स्थापना लगायतको कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगरसभामा मन्त्री अरगरियाले स्थानीय तहको विकास भए मात्र मुलुकको विकास हुने तर्क गर्दै यसको लागि तीनै तहको सरकारले समन्वय गरेर अघि बढनुपर्ने धारणा राखे ।
सो अवसरमा प्रदेशसभा सदस्य परमेश्वर साह, जसपा नेपालका केन्द्रिय सदस्य सुरेन्द्र मण्डल, रमन सिंह, नेकपा एमालेका जिल्ला इन्चार्ज रामचन्द्र मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया !