सर्लाही,३ असार । सर्लाहीमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा अक्सिजन सहित कोरोना संक्रमितको निःशुल्क उपचार र ओपडी सेवा सुरु भएको छ । ह्यापनिङ्ग ह्याण्डस, भोलनटियर क्रपस नेपाल,भेनस अस्पताल बरहथवा एड एट एक्सन नेपाल र बाल विकास नेपालको साझेदारीमा अब देखि सर्लाहीको कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ । जिल्लाका विभिन्न व्यक्तिहरुको साझेदार संस्थाहरुले बरहथवा नगरपालिका वडा नं.१० मा रहेको महेन्द्र रत्न जगरनाथ लक्षमिनिया सेकेन्डरी स्कुलमा टि.एम.एन.सि. आइसोलेसन सेन्टरको उदघाटन गरिएको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायले जानकारी दिए । उक्त आइसोलेसनमा कोरोना संक्रमित मध्ये हल्का र मध्यम विरामीको उपचार, भोजन,ओपिडी सेवा, पिसिआर परिक्षण, औषधी र ल्याब परिक्षण पूर्णरुपले निःशुल्क रहने तथा कोरोना संक्रमित बिरामीहरुको लागि ¥यापिड रिसपोन्स टिम समेत संक्रमितको बिरामीको सहयोगको लागि रहने बाल विकास नेपालका अध्यक्ष रायले बताए । यसैगरी बाल विकास नेपालकै आर्थिक सहयोगमा सर्लाहीकै २० वटै पालिकामा निःशुल्क स्वास्थ्य परिक्षण तथा हेल्प डेस्क संचालन भैरहेको छ ।
तपाईको प्रतिक्रिया !