Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

बालबालिका सम्बन्धी ऐन–२०७५ को व्यवस्थाहरु स्थानीय तहमा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 13, 2021
बालबालिका सम्बन्धी ऐन–२०७५ को व्यवस्थाहरु स्थानीय तहमा
114
SHARES
286
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । बालबालिका सम्बन्धी ऐन–२०७५ को व्यवस्थाहरु स्थानीय तहमा कार्यान्वयनमा ल्याउन सबै पक्षको सहयोग आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबार भएको छलफल कार्यक्रममा वक्ताहरुले बालअधिकार सम्बन्धी ऐन कानून आवश्यक रहेको बताए । तर, जनशक्ति अभावमा ऐन कानुन ल्याउन समस्या भइरहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले बालबालिकाको अधिकार सुनिश्चित गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
तीन तहको सरकार गठन भइसकेपनि बालबालिकाको अधिकार सुनिश्चित गर्न नसकिएको प्रति उनले चिन्ता समेत व्यक्त गरे ।

बाल अधिकार हनन, बालबालिका बेचविखन, बाल हिंसा जस्तो घटनाहरु भइरहेपनि यस विरुद्धको ऐन कानून कार्यान्वयनमा गंभिर नदेखिएको उनले आरोप लगाए ।
सो अवसरमा हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न आपूm प्रतिबद्धता रहेको बताए ।
जनशक्ति अभावमा समयमा बालबालिका सम्बन्धी ऐन ल्याउन नसकेको स्वीकार गर्दै आउँदो केही दिन भित्रै ऐन ल्याएर बालबालिकाको अधिकार सुनिश्चित गर्ने उनले बताए ।
कोरोना महामारीको कारण सबैभन्दा बढी बालबालिका प्रभावित बनेको उनको तर्क थियो । लामो समयसम्म पठनपाठन अवरुद्ध हुँदा बालबालिकालाई समस्या भएको उनले स्वीकारे ।
तीन तहको सरकारले बालबालिकाको अधिकारलाई प्राथमिकतामा राखेर अघि बढनुपर्ने धारणा उनको थियो ।
जिल्ला समन्वय समिति, धनुषाको आयोजना र राष्ट्रिय बालअधिकार परिषद्को व्यवस्थापन तथा सहजीकरणमा स्थानीय तहमा बालअधिकारको संरक्षण, सम्बद्र्धन गर्न ऐनको आवश्यक्ता उनले औल्याएका थिए ।
स्थानीय तहमा बाल अधिकार तथा संरक्षण नमूना कार्यविधि–२०७७ को प्रारम्भिक मस्यौदाउपर समेत कार्यक्रममा चर्चा भएको थियो ।
राष्ट्रिय बालअधिकार परिषद्का संजिव कुमार महतोले बाल अधिकार संरक्षण सम्बन्धी प्रारम्भिक मस्यौदामा समावेश गरिएको विषयवस्तुहरुबारे जानकारी गराएका थिए ।
जोखिममा परेका बालबालिकाको उद्धार गर्न बालकोषको स्थापना गर्नुपर्ने, स्पष्ट काम कर्तव्यको विवरण सहित बाल कल्याण अधिकारीको नियुक्ती गर्नुपर्ने लगायतको विषयवस्तुहरु निर्देशिकामा समेट्न महतोले सुझाएका थिए ।
बाल संरक्षण अधिकृत पविता श्रेष्ठले एक प्रस्तुतीकरण गर्दै बालबालिकाको वर्तमान अवस्थाबारे चर्चा गरेकी थिइन् ।
कार्यक्रममा सहभागी पालिकाका उपप्रमुखहरुले बालबालिका सम्बन्धी ऐनबारे चासो लिदै यसमा सहयोग गर्न आयोजक संस्थालाई आग्रह गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दिपक झाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न सबै पालिकाहरुलाई आवश्यक ऐन ल्याउन आग्रह गरे ।
कार्यक्रममा स्थानीय तहका उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, मानवअधिकार आयोगका प्रतिनिधि, जनकपुरका प्रतिनिधि, महिला तथा बालबालिका शाखा प्रमुख, गैसस महासंघ, सेभ द चिल्ड्रेनका प्रतिनिधि, प्लान इनटरनेशलनका प्रतिनिधि, बाल हेल्पलाइन १०९८, धनुषा प्रमुख लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बालअधिकार संरक्षण तथा सम्बद्र्धन सम्बन्धी १३ बुंदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर सहभागीहरुले प्रतिबद्धता जनाए ।

पछिलो समाचार

दुरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारी

अघिल्लो समाचार

प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरे नयाँ वर्षको शुभकामना आदान प्रदान

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

4 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits