नकपुरधाम, चैत २८ : डा. सिके राउत नेतृत्वको जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी छ । पार्टीको आफनै सुरक्षा दस्ता र स्वयम सेवकहरु बाक्लो रुपमा परिचालन गरि जनमत पार्टीले जनकपुरधामको बाह्रबिघ्घा रंगभुमि मैदानमा महाधिवेशनको व्यवस्थित तयारी गरेको छ ।
बन्द सत्र अगाडि भएको समुदघाटन सत्रमा एउटा बेग्लै बनाइएको खुल्ला मञ्चमा डा. राउत स्वयम उभिएर पार्टीका युवा नेताहरुबाट युवा दस्तालाई प्रशिक्षण दिएका छन् ।
केहि शारिरिक व्यायाम तथा प्रशिक्षणका साथ साथै अनुशासन, निर्देशन सहित हजारौं युवाहरुलाई प्रचण्ड घाममा समेत उभिन लगाएर प्रशिक्षण दिदै समुदघाटन गरिएको महाधिवेशनको बन्द सत्रमा निर्वाचनका माध्यमले नेतृत्व चयन हुने भएको छ ।
युवाहरुलाई मधेशको कुनै पनि भु–भागमा कुनै पनि समस्या आए तुरन्त दस्ताका रुपमा खट्न, अनुशासनमा बस्न र संगठनको निति निर्देशन पुर्ण रुपमा पालना गर्न भनिएको छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता दावी गरिएको महाधिवेशनमा वडा स्तरीय कमिटिका अध्यक्ष, महिला उपाध्यक्ष र सचिवलाई महाधिवेशन प्रतिनिधी तोकिएको छ ।
तपाईको प्रतिक्रिया !