काठमाडौं- नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न निर्वाचनमा नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (नेअन) ले प्रदेश २ मा आफ्नो प्यानल घोषणा गरेको छ । नेअनले आफ्नो प्यानल को शनिबार उम्मेदवारी घोषणा गरेको हो ।उक्त निर्वाचन मा नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल मा आवद्ध ८ वटै जिल्ला बाट सयो भन्दा बढी इन्जिनियर हरुको सहभागिता रहेकोे छ ।
नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल ले ई. गौरी पण्डितलाई सभापतिको उम्मेदवार बनाएको छ । उपसभापतिमा ई. सुशिल प्रसाद देव, सचिवमा ई. गौरव कुमार सराफ, सह–सचिवमा ई. सफल कुमार साह र कोषाध्यक्षमा ई. तेज नारायण यादवको उम्मेदवारी दिएको छ ।
त्यस्तै, सदस्यहरुमा ई. सितेश कुमार यादव, ई. दिपक कुमार मण्डल, ई. कृष्ण कुमार राय, ई. अञ्जली ठाकुर, ई. प्रविण कुमार यादव, ई. सुम्भी मिश्र, ई. जय शंकर कुमार शर्मा, ई. वम शंकर यादव, ई. मो. गुलाम जिलामी र ई. मनोज कुमार साइनीको उम्मेदवारी दिएको छ । केन्द्रीय सदस्यमा ई. तपेश्वर यादव र नेईएबाट नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने सदस्यमा ई. रघुनन्दन ठाकुरको उम्मेदवारी रहेको छ।चुनावमा विभिन्न पार्टीगत समुह भएता पनि नेअन मात्र एउटा गैर राजनीतिक संस्था
रहेको रौतहट जिल्लाका अध्यक्ष ई. अभिषेक गुप्ताले बताउनु भयो ।देशमा राजनीतिक कै कारण कति पूर्वधारहरु समयमै न सकिएको र दिगो न भएको कारण यस पालीको निर्वाचनमा नेअनलाई आफनो वोट दिई नेअनको सम्पूर्ण पैनललाई जिताउन सम्पूर्ण इन्जिनियर साथीहरुमा नेअनका केन्द्रीय अध्यक्ष ई, प्रमोद यादवले अनुरोध गरेका छन्।
तपाईको प्रतिक्रिया !