जनकपुरधाम, फागुज २३ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भंग गरेपछि धनुषामा पनि एमालेका नेता कार्यकर्ताहरूले खुसियाली मनाएका छन । आईतवार सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विचाराधिन मुद्दामा फैसला गर्दै पार्टीको आधिकारिता ऋषि कट्टेललाई दिएर तात्कालिन एमाले र माओवादी केन्द्र नेता कार्यकर्तालाई पुरानै पार्टीमा फर्किन भनेपछि आफुहरू मजबुत भएकाे भन्दै खुशियाली मनाएकाे हाे ।
एमालेका जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरेर खुशियाली मनाएका हुन । उनीहरूले अदालतकाे फैसलाले हामी पुरानै अवस्थामा पहिलाे पार्टीकाे रूपमा स्थापित भएका हाै भनेका छन । सर्वाेच्चकाे फैसलाले २०७५ साल जेठ २ गतेको अवस्थामा दुवै पार्टी पुगेका हुन ।
सर्वोच्चको फैसलामा भनिएको छ ‘…साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेलिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने हुँदा अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी…..।
तपाईको प्रतिक्रिया !