जनकपुरधाम,फागुन २२ । वर्षोदेखि जर्जर अवस्थामा रहेको शताब्दियो पुरानो एउटा मन्दिरलाई जिणर्ोद्धार गर्ने कार्यको श्रीगणेश एक समारोहबीच भएको छ । सीताराम बड़ई (बरै)कुट्टी मन्दिरको जिणर्ेद्धार कार्य ‘नागवंशी चौरसिया समाज’ नामक संस्थाको तत्वधानमा सो कार्यको थालनी भएको छ । जनकपुरधाम वार्ड नं.७ नजिक तपसी चौक नजिकै रहेको सो इतिहासिक पौराणिक स्वजातिय मन्दिरको जिणर्ोद्धारकालागि प्रदेश सरकारले बजेट दिएको बुझिन आएको छ । धनुषाक्षेत्र नं.३ का प्रदेश सांसद परमेश्वर साह जर्जर अवस्थाका ती मन्दिरलाई जिणर्ोद्धार गर्न एक समारोहकाबीच शीलान्यास गरी कार्य आरम्भ भयो । जनकपुरधामको पहिचान यहाँका मठ मन्दिर ताल सरोवरले भएको हो ।
धार्मिक मिथिला सभ्यताको केन्द्र जनकपुरधामको धार्मिक पौराणिक गरिमालाई अक्षुण्ण राख्न नागवंशी चौरसीया समाजले थालेका पहलको प्रदेश संसद साहले औधि प्रशंसा गर्नु भयो । सार्व जनिक महत्वका मठ मन्दिर, पाटी-पौवा, ताल सरोवरलाई संरक्षण प्रवद्र्धन र सम्बद्र्धन गर्ने दिशामा केही कानुनी जटिलता रहेतापनि प्रदेश सरकार लागेको बताउनु भयो । पहिचानमुखी इतिहासिक धरोहरहरुलाई हामि सबैले मीलेर संरक्षण र विकास गरे मात्र जनकपुरधामको सही रुपमा विकास हुन्छ । त्यसकालागि आपूmपनि निरन्तर कृयाशील भइ लागेको र संसदीय बजेट समेतले सघाउने गरेको तथ्यपरक कुरा संसद साहले बताए ।
तपाईको प्रतिक्रिया !