Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

गाउँपालिका सार्न खोजेको भन्दै चन्द्रनगरमा तालाबन्दी गरी प्रदर्शन ,१३ राउण्ड आँसु ग्यास प्रहार ,९ जना घाईते

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 5, 2021
गाउँपालिका सार्न खोजेको भन्दै चन्द्रनगरमा तालाबन्दी गरी प्रदर्शन ,१३ राउण्ड आँसु ग्यास प्रहार ,९ जना घाईते
46
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही,२१ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा तालाबन्दी गरिएको छ । वडा नं. ७ मा रहेको गाउँपालिकाको कार्यालय वडा नं. २ स्थित सार्न खोजेको भन्दै स्थानिय, नेपाली काँग्रेस र नेकपाका कार्यकर्ताहरु संयुक्त रुपमा मिलि तालाबन्दी गरी प्रदर्शन गरेपछि प्रहरीले लाठि चार्ज तथा १३ राउण्ड आशु ग्यास छोर्दा केहि ९ जना घाईते भएको नेपाली काँग्रेसका भुतपूर्व सभापति सत्यदेव सिंह दनुवारले जनाएको छ ।प्रहरीले एकाएक स्थानिय उपर आसु ग्यास र रबरको गोली चलाएर दमन गरेको भुतपूर्व सभापती दनुवारले बताए । स्थानियले तालाबन्दी गरेर गाउँपालिका अध्यक्ष महेन्द्र महतोका स्वकिय सचिव रामकैलाश साहलाई आक्रमण गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रण गर्नका लागि १३ सेल अश्रुग्याँस समेत प्रहार गरेको छ ।

हाल वडा नं. ७ नारिमन ताल छेउमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगंज सार्न खोेज्न लागेको भन्दै वडा नं. ६ कामत र ७ चन्द्रनगरका बासिन्दाले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ । अहिले चन्द्रनगरको अवस्था तनावग्रस्त रहेको छ । प्रदर्शनकारीहरु गाउँपालिकाको भवन नाढि तालमै राख्नु पर्ने, नाढि तालमै गाउँपालिकाको भवन बनाई शाखाहरु टुट्टा छुट्टै राख्नुपर्ने, विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने, सूचनाको हक सम्बन्धि प्रावधान कार्यन्वयन गर्नुपर्ने लगायतको माँग गर्दै चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेको नेपाली काँग्रेसका नेता श्याम सुन्दर सिंहले बताए । गाउँपालिका अध्यक्ष महेन्द्र महतो गाउँपालिका सार्न पटक पटक सोच बनाएको र आज पुरा पनि भयो । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले कार्यालयमा रहेको कागजपत्रहरु तथा मेशनरी समान सारेको हुदाँ आफुहरुले हेरेपछि नियन्त्रणमा लिई तालाबन्दी गरी प्रदर्शन गरेको वडा नं. ६ का स्थानिय चेतनारायण मुखियाले बताए । त्यस्तै वडा नं. ७ का अर्का स्थानिय दिपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महतो वडा नं. २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए ।

गाउँपालिकाको कार्यालय नाढि तालमै सुनिश्चितता नभए सम्म आफुहरु निरन्तर आन्दोलन गरिरहने चौधरीले बताए । गाउँपालिका कार्यालय क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । शनिवार बस्ने गाउँपालिकाको विशेष गाउँ सभाले गाउँपालिकाको केन्द्र सार्ने निर्णय गर्ने थाहा पाएपछि विरोध सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले चन्द्रनगरबाट बबरगञ्जमा गाउँपालिका सार्ने पक्षमा नै बहुमत रहेको दावी गर्नुभएको छ । उहाँले बहुमत सदस्यले निर्णय गरेमा गाउँपालिकाको केन्द्र सार्न आफूले सिफारिस गर्ने बताउनु भएको छ । उहाँले अहिले नै गाउँपालिकाको केन्द्र सरिनसकेको र यसबारेमा छलफल गर्न भोली बबरगञ्जस्थित दुर्गा खोभारी जनता माध्यमिक विदालयमा विशेष गाउँ सभा आयोजना गरिएको जानकारी दिनुभयो । यसैगरी आफुहरुले भिडलाई नियन्त्रणमा लिन १३ सेल आसुँ ग्यास मात्र प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मदन कुवँरले बताए । प्रहरीले रबरको गोली चलाएको आरोप झुठा भएको प्रहरी नायव उपरिक्षक कुवँरले दाबी गरे ।

पछिलो समाचार

सरकार र विप्लव समुहबिच तिनबुँदे सहमति

अघिल्लो समाचार

प्रदेश सांसद साहद्वारा नाला तथा सडक निर्माण को शिलान्यास

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits