Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जनकपुरधाममा साहित्य महोत्सव

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 2, 2021
जनकपुरधाममा साहित्य महोत्सव
91
SHARES
228
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाममा चार दिवसीय जनकपुर साहित्य महोत्सव आयोजना हुन लागेको छ। बुधबारदेखि शनिबारसम्म चल्ने महोत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक विषयका विज्ञहरूले विभिन्न सत्रमा प्रस्तुति दिनेछन्। महोत्सव उद्घाटन बुधबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्नेछन्। उद्घाटन समारोहको प्रमुख वक्ताका रूपमा सांसद विनोद चौधरीलाई बोलाइएको छ। नवमिथिला फाउन्डेसनको आयोजनामा हुन लागेको साहित्य महोत्सवमा १५ वटा सत्रमा ४५ जना वक्ता सहभागी हुने महोत्सवका निर्देशक दिलभूषण पाठकले जानकारी दिए।

महोत्सवको औपचारिक सत्र ‘जानकी मन्थन’ शीर्षकबाट हुनेछ। यस सत्रमा कांग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, भारतीय साहित्यकार डा. आशा प्रभाले आ–आफ्नो विचार राख्नेछन्। ‘जाऔं जनकपुर सुदर्शनजी’ सँग शीर्षकमा जनकपुरधामको पहिलो टुरिस्ट गाइड सुदर्शनलाल कर्णसँग मानसी अग्रवालले कुराकानी गर्नेछिन्। मानसी सामाजिक सञ्जालमा नेपालको पर्यटनको विकासलाई लिएर आफ्नो पृथक प्रस्तुतिका कारण चर्चामा छन्।

‘प्रविधि र संस्कृति’ विषयक सत्रमा विश्वास ढकाल र डा. भोगेन्द्र झाको प्रस्तुति रहनेछ।‘साहित्यको सीमाञ्चल’ सत्रमा भारतका मनोजकुमार सिंह, राजा पुनियानी, धनगढीका साहित्यकार रामलाल जोशी र जनकपुरका साहित्यकार अशोक दत्तको सहभागिता रहनेछ भने सो सत्रको सहजकर्ताकोे भूमिका सञ्चारकर्मी एवं साहित्यकार चन्द्रकिशोरले गर्नेछन्।‘किताब : वर्णदेखि वस्तुसम्म’ सत्रमा कल्पना ढकाल, भुषिता वशिष्ठ, राजीवधर जोशी, गणेश लाठको सहभागिता रहनेछ।‘राजनीतिको राग कहाँदेखि कहाँसम्म’ सत्रमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग पत्रकार सुधीर शर्माले कुराकानी गर्ने तयारी छ। निधि सो सत्रमा सहभागी नभए जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ।महोत्सवको तेस्रो दिन ‘मैथिली मिठास’ सत्रमा परमेश्वर कापडी र डा. कुलप्रसाद कोइराला रहनेछन्। यो सत्रको प्रस्तोता बद्रीनाथ झा रहनेछन्। ‘देश मधेस : गन्थन–मन्थन’ शीर्षकको सत्रमा सीके लालसँग सुजित महतले कुराकानी गर्नेछन्। 

पछिलो समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आव्हान

अघिल्लो समाचार

दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits