पूर्वराष्ट्रपति डा. यादव यादवले वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाए ।
डा. यादवले भने, ‘संविधानविपरीत दल विभाजनको अध्यादेश ल्याउनु र त्यसलाई राष्ट्रपतिले त्यसको सदर गर्नु, संवैधानिक निकायमा आफ्ना मान्छेलाई भर्ती गर्नुलगायतका कार्यले लोकतन्त्रमाथि क्रमिक रूपमा प्रहार भएको छ । यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरूको लागि दुर्भाग्य हो ।’डा. रामवरण यादवले वर्तमान शासकको कारण लोकतन्त्रमाथि ग्रहण लागेको लागेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बीपी विचार संग्रह पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रका लागि जेल बसेका प्रधानमन्त्रीबाटै लोकतन्त्र संकटमा परेको बताए ।
प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दा राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको व्यक्ति त्यसको साक्षी बस्नु गलत कार्य भएको भन्दै
उनले संविधान जारी गर्दा आफूले लोकतन्त्रको रक्षार्थ तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजेको तर, अहिले त्यसलाई विखण्डन गर्न खोजिएको बताए । विखण्डनको राजनीति हाबी भए मुलुक गम्भीर दुर्घटनामा फस्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !