जनकपुरधाम, माघ २० गते । जनकपुरधाममा दोश्रो पटक रामानन्दाचार्यको जन्मोत्सव भव्यताका साथ मनाइदै छ । रामानन्दीय वैष्णव सनातन धर्म प्रवर्तक आचार्य सम्राट आनन्द भाष्कर जगद्गुरु स्वामी १००८ श्री रामानन्दाचार्यजीको सप्ताहव्यापी रुपमा रामानन्दीय समुदाय जनकपुरधामद्वारा भव्यताका साथ जन्मोत्सव मनाइदै छ । श्रीरामानन्दी श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित रामानन्द चौकमा भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहित माघ १६ गतेदेखि सात दिने जयन्ती महोत्सव मनाइरहेको बताइएको छ । महोत्सव अन्तर्गत साध्वी चन्द्रकलाको मुखाकृतबाट श्रीराम कथा सहितको वाचन गरिदै आएको छ ।

त्यस्तै बेलुका ५ बजेदेखि ६ बजेसम्म बधाई मंगलगान प्रतिदिन गरिदै आएको छ । भक्तमाल कथा प्रवचन श्रवण गर्न रामानन्दीय समुदायसँग आबद्ध व्यक्तिहरुको साथै विभिन्न मठ मन्दिरका साधु सन्त सहित सयौंको संख्या श्रद्धालु भक्तजनहरुको सहभागिता रहदै आएको छ । माघ २२ गते बिहीवारका दिन रामानन्दाचार्यको जन्मोत्सवलाई महासभाको रुपमा मनाइने छ । सो दिन बिहान ८ बजेदेखि पूजाआजा, १० बजेदेखि भक्तमाल कथा, १२ देखि रामानन्दाचार्यको महत्व र उनले दिएको उपदेश र दिउंसो २ बजेदेखि ४ बजेसम्म नगरपरिक्रमा सहितको शोभा यात्रा निकालिने श्री वैष्णव संघ परिवारका अध्यक्ष रामरोशन दासले जानकारी दिएका छन ।त्यस पश्चात मंगल बधाईगान र प्रसाद वितरण गरी जन्मोत्सव समापन गरिएको छ । यस वर्ष जन्मोत्सवमा सहभागी हुन भारत अयोध्यबाट लक्ष्मण किलाधिशकी शिष्ण मीरा देवी सहभागी हुन जनकपुरधाम आएको छ । गलवार संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष रामरोशन दासले जन्मोत्सवमा मनाइने कार्यक्रमहरु बारे जानकारी दिएका छन । उनले दोश्रो वर्ष मनाउन लागिएको रामानन्दाचार्यको जन्मोत्सवममा सहभागी हुन नगरवासी तथा श्रद्धालु भक्तजनहरुलाई आग्रह गरेका छन ।
तपाईको प्रतिक्रिया !