जनकपुरधाम, माघ १४ : प्रदेश २ मा पनि कोभिड–१९ विरुद्वको खोप लगाउन सुरु गरिएको छ । प्रदेश २ को केन्द्र जनकपुरधाम पर्साको बिरगंज र सप्तरीको राजविराज गरि तत्काल तिन ठाँउहरुबाट खोप लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोना विरुद्वको खोप प्रदेश २ को तिनठाँउहरुबाट लगाउन सुरु गरिएको छ । प्रदेश २ पर्साको बिरगंजमा मुख्यमन्त्री लालबाबु राउत, अस्थाई राजधानी जनकपुरधाममा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा सप्तरीको राजविराजमा समाजिक विकास मन्त्री नवल किशोर साहले खोप अभियानको समुदघाटन गरेका छन् ।
अस्थाई राजधानी जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सर्व प्रथम आफै खोप लगाएर अभियानको समुदघाटन गरेका छन् । पुर्व खेलाडी समेत रहेका यादवले खोप मानवजातीको हितमा रहेको र आफु दैनिक संयौंको सम्पर्कमा आउने गरेकाले समेत खोप लगाएर जनताको भय त्रास कम गर्न चाहेको बताए । उनले खोप सहयोग गरेर भारत सरकारले असल मित्रको जिम्मेवारी निभाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । उपलब्ध खोप कोरोनाको फ्रन्टलाइनरहरु स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी सहित ७० वर्ष उमेर कटेका जयेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकतामा राखि लगाईने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताए । यद्यपि प्रदेश २ का मन्त्रीले नै खोप लगाएपछि झनै डर भय त्रासको वातावरण कम हुने उनले बताए ।
तपाईको प्रतिक्रिया !