Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रदेश २ सरकारले मनायो बलिदानी दिवस६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 18, 2021
प्रदेश २ सरकारले मनायो बलिदानी दिवस६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा
52
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, माघ ५ । प्रदेश नं. २को सरकारले मधेश आन्दोलनमा शहादत दिएको शहीदहरुको सम्मान स्वरुप बलिदानी दिवस मनाएका छन । जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २मा शहादत दिएका ६० जना शहीद परिवारका सदस्यहरुले प्रदेश सरकारले दोसल्ला र २५ हजार नगद सहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकार मन्त्रीहरुले शहीद परिवारलाई सम्मान गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले शहीदहरुको बलिदानीलाई स्मरण गर्दै उनिहरुको परिवारको भरण पोषणमा कुनै कमी नराख्ने प्रतिबद्धता समेत दोह¥याए । उहाँले प्रदेश सरकारले घोषणा गरेको एक शहीद परिवार एक रोजगार कार्यक्रमलाई निरन्तरता दिदै भविष्यमा शहीद परिवारहरुको लागी भरणपोषणको योजना ल्याउने तैयारी भै रहेको जानकारी समेत दिए । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ नेता राजेन्द्र महतोले आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरुप शहीद परिवारहरुको लागी आवश्यक सहयोगको काम प्रदेश सरकारले जारी राखेकोमा धन्यवाद दिदै बाँकी रहेको कामहरु समेत समयमै पुरा गर्न प्रदेश सरकारले आग्रह गरेका थिए । जसपाका नेता अनिलकुमार झाले मधेश आन्दोलनको कडीका रुपमा रहेका सम्पूर्ण आन्दोलनका शहीद एवं अगुवाहरुलाई स्मरण गर्दै शहीदहरुको बलिदानीलाई आफुहरु विर्सन नसक्ने बताउनु भयो ।कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार शहीदहरुको बलिदानी र आन्दोलनका घाइते योद्धाहरुको योगदानलाई उच्च मुल्यांकन गर्दै आएको बताउनु भयो । उहाँले एक शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रदेश २का अधिकांश शहीद परिवारले रा्ेजगारी पाइ सकेको र विभिन्न कारणले बाँकी रहन गएको परिवारहरुलाई यथाशीघ्र रोजगारी दिने प्रक्रियामा रहेको बताउनु भयो । त्यसै गरि उहाँले आन्दोलनका अशक्त घाइतेहरुलाई प्रदेश सरकारले अवस्था हेरी सहयोग गर्दै आएको र अगामी दिनमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले शहीद परिवार एवं घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागी प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने क्रममा रहेको र उक्त प्रतिष्ठान गठन पछि दीर्घकालिन व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने् बताउनु भयो । मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको आमा रानो देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय , जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । मधेश आन्दोलनका शहीदहरुको सम्मानमा आन्दोलनका नेतृत्वकर्ता दलहरुले मनाउदै आएको बलिदानी दिवस प्रदेश सरकार गठन भए यता प्रदेश सरकारले मनाउन थालेका छन । सरकार गठनको पहिलो वर्ष लहानमा बलिदानी दिवस मनाएको प्रदेश सरकारले दोस्रो वर्ष विरगंजमा मनाएका थिए भन्ने यस वर्ष प्रदेश नं. २को अस्थायी राजधानी जनकपुरधाममा मनाएका छन । सरकारले माघ ५ गते वलिदानी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिदै आएको छ।

पछिलो समाचार

पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

अघिल्लो समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथिको मंगलबारको सुनुवाइ पनी सकियो

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

5 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits