जनकपुरधाम, पुष २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीले जनकपुरधाममा मोटर साइकिल रेली गरेको छ । हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा मोटर साइकिल रेली गरेको हो । मोटर साइकिल रेलीमा तत्कालिन राप्रपा नेपाल र राप्रपा दुवै दलका नेताहरु संयुक्त रुपमा देखिएका छन् । जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको विरोध रयाली विभिन्न चौक हुदै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
सो कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति धनुषा काे अध्यक्ष रामचन्द्र यादवले विदेशी डलरको लालचमा दलाल नेताहरुको संघीयताको नाममा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्ष बनाइएको आरोप लगाए । उनले भने हामी संघीयता विरोधी होइनौं तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन । हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी रहनेछ । अध्यक्ष यादवले भने संघीयताको नाममा हिन्दु राष्ट्रलाई मात्र समाप्त पारिएन मुलुकमा भ्रष्टाचारलाई समेत प्रश्रय दिएको कारण हाम्रो आन्दोलन भ्रष्टमुक्त, विकासशील र हिन्दु राष्ट्रका लागि आन्दोलन जारी रहनेछ ।राप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा राप्रपाका नेताहरु मनोज मल्ल, प्रेक्षा मल्ल,कमलेश मण्डल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !