Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कोभिड प्रभावित युवालाई आत्मनिर्भर बनाउन प्रशिक्षण

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
December 18, 2020
कोभिड प्रभावित युवालाई आत्मनिर्भर बनाउन प्रशिक्षण
102
SHARES
254
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर । वैदेशिक रोजगारबाट फर्केका तथा कोभिड १९ (कोरोना भाइरस) बाट प्रभावित ५० जना युवालाई आत्मनिर्भर बनाउन तीन महिने प्रशिक्षण दिइएको छ ।
धनुषाका दुई र सिरहा तथा महोत्तरीका एक एक नगरपालिकाका ५० जना युवालाई आसमान नेपालले उक्त प्रशिक्षण दिएको हो । सिरहाको गोलबजार नगरपालिकाका १० र धनुषाको सबैला नगरपालिकाका १५ जनागरी २५ जनालाई बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम दिइएको छ ।
त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १५ र महोत्तरीको लोहारपट्टी नगरपालिकाका १० जनागरी २५ जनालाई हाउस वाइरिङसम्बन्धी तीन महिने तालिम दिइएको आसमान नेपाल, सबैला नगरपालिकाका संयोजक सुरेश यादवले जानकारी दिए ।

प्रशिक्षणमा वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै गरी खान चाहने, सीमान्तकृत, दलित, पिछडिएको वर्ग तथा महिलालाई प्राथमिकता दिइएको थियो । वैदेशिक रोजगारमा नगई स्वदेशमै केही गर्न चाहने र व्यवसाय गर्न आवश्यक पूजीको अभाव हुने युवालाई सीप दिएर आत्मनिर्भर बनाउने प्रशिक्षण कार्यक्रमको मुख्य उदेश्य रहेको संयोजक यादवले बताए ।
असोज पहिलो सातादेखि सुरु भएको तालिम पुस एक गते सम्पन्न भएको हो । बेमौसमी तरकारी खेती र हाउस वाइरिङ सिकाउन ३९० घण्टाको कक्षा सञ्चालन गरिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको १७ नम्बर वडा (कनकपट्टी) मा सञ्चालित हाउस वाइरिङसम्बन्धी तालिममा तीन जना महिला पनि सहभागी भएका थिए । व्यवसायिक रुपमा हाउस वाइरिङको काम गर्न सम्भवतः पहिलो पटक महिलाको सहभागिता देखिएको हो । उक्त तालिममा सहभागी मध्ये एक जना महिलाले बिजुलीको सामग्री बेच्ने पसल सञ्चालन गरेकी छन् भने तीन जनाले तालिम लिँदालिदै वाइरिङसम्बन्धी कामको ठेक्का पाएर आय आर्जनमा सहभागी भएको प्रशिक्षक लक्ष्मी यादवले जानकारी दिए ।

बेमौसमी तरकारी खेतीका लागि तालिम लिएका सबै जसो सहभागीले व्यवसायिक तरकारी खेती सुरु गरिसकेका छन् । सबैलामा दुई वटा समूहमा सामुहिक तरकारी खेतीको तयारी थालिएको संयोजक यादवले जानकारी दिए । उनका अनुसार सबैलाको इनर्वा र पटेर्वामा सामुहिक तरकारी खेतीको लागि जग्गाको खोजी भइरहेको उनले बताए । तालिम सकिएपछि सबै पालिकामा सीप प्रदर्शनी समारोह आयोजना गरिएको थियो । नगर प्रमुखहरु, व्यापार संघ, रोजगारदाता र ऋण प्रवाह गर्ने निकायका प्रतिनिधिहरुको सक्रिय उपस्थितिबीच आयोजित सीप प्रदर्शनी समारोहले सर्वसधारणमा आत्मनिर्भर बन्ने संस्कृतिको प्रबद्र्धन भएको समारोहमा सभागी नेपाल बैंकका सबैला शाखा प्रबन्धक धर्मेन्द्र कर्णले बताए ।

प्रशिक्षण सकिएपछि सीपयुक्त जनशक्तिलाई रोजगारसँग जोड्ने उदेश्यले सीप प्रदर्शनी समारोह आयोजना गरिएको संयोजक अरबिन्द चौधरीले बताए । महोत्तरीको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले रोजगार मेलालाई सम्बोधन गर्दै नव प्रशिक्षित युवाहरुलाई उपहारको रुपमा टुल बक्स वितरण गरेका थिए ।

पछिलो समाचार

काठमाडौ उपत्यका लगायत जनकपुर,मोहतरी,मा कांग्रेसको जन सागर सहित शक्ति प्रदर्शन (फोटो फिचर)

अघिल्लो समाचार

सर्लाहीमा अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits