श्रीनारायण मण्डलको सपना त्यतिकै सकार भएको छैन ।कविलासी नगरपालिकाको मेयर कौशल किशोर यादव मात्र हैन मन्त्री, सांसद देखि लिएर जनजनको मनमा रहेको छ कविलासी नगरपालिका स्थित रनियमा रहेको गढिमाई मन्दिर । रनियाका स्थानिय श्रीनारायण मण्डललाई गढिमाई माताले मण्डलले चलाइरहेको मोटरसाइकल रोकेर दर्शन दिई मन्दिर स्थापना गर । मन्दिर स्थपाना भयो भने नगरवासी,सर्लाही वासी तथा नेपाल भारतको नागरीकको क्लयाण हुने माताले बताए । नगरपालिका लगायत विभिन्न दातृ निकायले सहयोग गरेपछि २०६९ सालमा रनियामा मन्दिरको स्थापना भयो । अहिले रनियामा प्रत्येक पाँच वर्षमा गढिमाई मेला लाग्ने गरेको छ ।
भक्तजनले भाकल गर्दा चिताएको मनोकामना पुरा हुने गरेको जनविश्वास रहेको छ । सर्लाहीमै पर्यटकीय क्षेत्रहरु मध्ये अहिले गढिमाई मन्दिरको पनि अग्र स्थान रहदै आएको छ । प्रत्येक दिन गढिमाई मन्दिर भएको स्थानमा श्रद्धालु भक्तजनहरु आउने गरेका छन ।
तपाईको प्रतिक्रिया !