Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

आजदेखि कात्तिक स्नान शुरु

News Desk News Desk
October 31, 2020
आजदेखि कात्तिक स्नान शुरु
81
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमादेखि शुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रुपमा बडा दशैंको समापन हुन्छ । यसैगरी आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

लक्ष्मीपुजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दिप बनाँउदा बाँसको लामो लिंगोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ति बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तिहरु श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तिहरु हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तिहरुका लस्करले समग्र गाँउनै दुधिलो प्रकाशमा रंगीएको देखिन्छ । यि बत्तिहरुलाई आकाशेबत्ति भनिन्छ । आजका दिन आकाशेदीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ । यसरी दुधिलो प्रकाश मुनी बसेर जुवातास खेल्ने चलन पनि आजको दिन प्राचिन कालबाटै शुरु भएको मानिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पुर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कात्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।

कात्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको छ ।

पछिलो समाचार

थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

अघिल्लो समाचार

थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण, १७ जनाको मृत्यु

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits