गौर,१३ कार्तिक । रौतहटको गौर नगरपालिका वडा नं. ९ सिर्सियामा चित्रगुप्त मन्दिर निर्माण हुने भएको छ । आज एक कार्यक्रमको बिच गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले चित्रगुप्त मन्दिर निर्माण कार्य अघि बढाउन शिलान्यास गर्नु भएको छ । कायस्थ जातीहरुको कुल देवताको मन्दिर सिर्सिया नहुदाँ लगभग ५५ कायस्थ परिवारलाई कुल देवताको पूजा गर्न समस्या भैरहेको अवस्थालाई मध्य नजर गर्दै गौर नगरपालिकाको उपप्रमुख किरण ठाकुरको पहलमा गौर नगरपालिका र कायस्थ जातिहरुको समन्वयमा मन्दिर निर्माण हुन लागेको चित्रगुप्त सेवा समितिका अध्यक्ष शंकर श्रीवास्तवले जानकारी दिए । २० लाखको लागतमा ३ वर्ष भित्रमा मन्दिर निर्माण हुने छ । चित्रगुप्त मन्दि निर्माण कार्यको लागि गौर नगरपालिका बाट रु ५ लाख रकम आएको छ, बाकीँ रु १५ लाख रुपैया विभिन्न राजनैतिक व्यक्तिहरु, समाजसेवीहरु र कायस्थ जातीहरु बाट संकलन गरी मन्दिर निर्माण कार्य सक्ने चित्रगुप्त सेवा समितिको उपाध्यक्ष स्वेता श्रीवास्तवले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा समाजसेवी डा. श्रीभगवान ठाकुर, चित्रगुप्त जिल्ला कमिटि सह सचिव राजभुषण श्रीवास्तव, वडा नं. ९ का वडा सदस्य अरुण कुमार सिंह लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !