Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

आज देखि जनकपुरधाममा विद्यालयहरु सञ्चालन

News Desk News Desk
October 6, 2020
आज देखि जनकपुरधाममा विद्यालयहरु सञ्चालन
142
SHARES
354
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम उप–महानगरपालिकाले विभिन्न ८ सुत्रिय शर्तसहित आजबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । उप–महानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ १९ गतेको निर्णय टेकेर स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को परिधि र मापदण्ड पूरा गरी विद्यालय संचालन गर्न लागेको हो । शिक्षक तथा कर्मचारीहरुले आजबाट तोकिएको मापदण्ड अनुसार कार्य गर्ने भएपछि विद्यालय संचालन हुन लागेको हो ।

तोकिएको मापदण्डमा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३३ को उपदफा २ र दफा ११ बमोजिम सिकाई क्रियाकलाप गर्ने, शिक्षण सिकाई क्रियाकलाप संचालन गर्दा निर्देशिकाको दफा ३२ लगायत तपसीलको मापदण्ड पूरा गर्नुपर्ने तथा तोकिएको मापदण्ड पूरा नभई सिकाई क्रियाकलाप संचालन भएको पाइएमा सम्वन्धितलाई हदै सम्मको कारवाही गर्ने पनि भनिएको छ । त्यस्तै शिशु कक्षा ( बाल विकास ) कालागि स.का.हरुले होम स्कुलिङद्वारा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने, प्राथमिक विद्यालयहरुले कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुकालागि १० देखि १५ जना मात्र बालबालिका रहने गरी टोल टोलमा वा सिकाई केन्द्रमा शैक्षिक स्तर वृद्धि गर्ने शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने मापदण्ड रहेको छ । त्यस्तै कक्षा ६ देखि १२ कक्षा सम्म संचालन भएका विद्यालयहरुले प्रति कक्षा २५ जना विद्यार्थीको समुह बनाई भौतिक दुरी कायम हुने गरी ३ घण्टाका दरले टिफिन समय नदिई अनिवार्य विषयको मात्र शिक्षण सिकाई क्रिाकलाप संचालन गर्ने, विद्यार्थी संख्या बढी भएको विद्यालयहरुले जोड विजोडको आधारमा विद्यार्थीहरुलाई बर्गीकरण गरी सिकाई सहजीकरणका क्रियाकलाप संचालन गर्ने मापदण्ड निर्धारण गरिएको छ ।

त्यस्तै विद्यालयले माथिका मापदण्ड अनुसार पनि कक्षाहरु व्यवस्थित गर्न नसकेको खण्डमा २ सिफ्टमा संचालन गर्नु पर्नेछ र अनिवार्य रुपमा भौतिक दुरी कायम गरी मास्कको प्रयोग सावुन पानीको व्यवस्था गर्नुपर्ने मापदण्ड रहेको निमित प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिएका छन् । यता, जनकपुरधाम उप– महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साहले शिक्षा महाशाखाको निर्णय नमान्ने भएको छ । उनले मंगलवार देखि विद्यालय संचालन गर्ने निर्णय नमान्ने र आफ् नो वडामा विद्यालय संचालन गर्न नदिने पनि समाजिक संजालमा पोष्ट गरेको छ । तर, मधेश प्यावसनका धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले भने विद्यालयहरु उप– महानगरपालिका अन्र्तगत रहेका कारण उप–महानगरपालिकाले गरेको निर्णयलाई मान्नै पर्ने बताए । उनले भने–‘वडा–७ का वडाध्यक्ष जीले फेसवुकमा लेख्नु भएको मैले देखे, उनलाई विरोध गर्नु छ गर्नुस तर, हामीहरु विद्यालय संचालन गर्छौ ।’ त्यस्तै प्यावसन धनुषाका अध्यक्ष गणेश साहले हामीहरुको अथक प्रयास पछि हामी विद्यालय संचालन गर्न प्रमुख जिल्ला अधिकारी तथा उप– महानगरपालिकालाई मनायौ यसमा आएर कुनै एउटा वडाध्यक्ष जीले विद्यालय सञ्चालन गर्न नदिन भनेपछि हामी विद्यालयनै चलाउँदिन भने छैन् । उनले भने–‘विद्यालयहरु उप–महानगरको शिक्षा महाशाखा मातहतमा पर्छ, शिक्षा महाशाखाले गरेको निर्णयलाई हामीले मान्नै पर्छ ।’ अहिले जनकपुरधामका विद्यालयहरु अनलाइनको माध्ययमवाट पठन पाठन संचालन गरि रहेको भएपनि सो प्रविधि भने प्रभावकारी हुन सकेको थिएन् ।

जनकपुरधामका विद्यालयहरुले पठन पाठन संचालन गर्नकालागि धेरै दिन देखि प्रयास रत्त रहेपनि उप– महानगरपालिकाले भने सहमति जनाएको थिएन् । तर, लक डाउन समाप्त भई सकेको अवस्था र कोरोना भाइरसको औषधी आउन समेत समय लाग्न डव्लु एच ओले भनि सकेपछि बैकल्पिक बाटो भने उप– महानगरपालिकाले अपनाएको हो । विद्यालय संचालन गर्न उप–महानगरपालिकाले परिपत्र गरेपछि विद्यालयहरु सोमवार देखिनै विद्यालय संचालन गर्नकालागि तयारी समेत गरि सकेको अवस्था छ ।

पछिलो समाचार

सोमबार २४४० जनामा कोरोना संक्रमण पुष्टि

अघिल्लो समाचार

मंगलबार, १५५१ जनामा कोरोना पुष्टि

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits