काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मदवारले मनोनय पत्र दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने भएको छ ।
उम्मेदवारी दिदा सार्वजनिक लाभको पदमा नरहेकोदेखि सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको भनि उम्मेदवारले स्व घोषणा गर्नुपर्ने ब्यवस्था आयोगले गरेको छ । स्वघोषणा पत्रमा आयोगले न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको लगायत २० वटा विविध बुद्धाहरु समेटेको छ।
मङ्सिर ४ गते हुन प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम तय गरिएको छ ।
तपाईको प्रतिक्रिया !