प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लागेको बताउनुभएको छ ।
शनिबार मजदुर दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले यसै समयदेखि बरालिएको राजनीति अझै सुध्रिन नसकेको र आफुलाई बृहत पीडा भएको बताउनुभएको हो । उहाले स्थिरता र विकासको जनचाहनामा केही नेताहरुको अतृप्त आकंक्षा कुण्ठा र इर्श्याका कारण एक प्रकारको अराजक अवस्था सिर्जना भएको तर्क गर्नुभयो । केन्द्रमा शुरु भएको राजनीतिक गड्बडी अहिले प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको प्रधानमन्त्रीको भनाई थियो । उहाले ट्रेड युनियन आन्दोलनले सिकाएको कुरा राजनीतिक आन्दोलनले ग्रहण गर्दा परिस्थिति यस्तो भएको धारणा पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले आगामी वर्षबाट मजदुरको न्युनतम मासिक तलब वृद्धि गरिने प्रतिवद्धता पनि जनाउनुभयो । अघिल्लोपटक पुनरावलोकन गर्न नसकिएको उल्लेख गर्दै ओलीले यसपटक आउँदो वर्षबाट भने पारिश्रमिक बढ्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया !