काठमाडौं– महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले शुक्रबार प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । दिउँसो नै पत्रकार सम्मेलन गर्दै उहाँले राजीनामा दिएको औपचारिक घोषणा गर्नुभयो । आफूले तीन वर्षका अवधिमा भएका कामको जानकारी दिँदै खरेलले आफूले सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गरेको बताउनुभयो । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उहाँले बताउनुभयो । खरेललाई सरकारले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेको थियो । २०६४ र २०७० सालका संविधानसभामा सदस्य रहनुभएका खरेलले केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा कानून, न्याय तथा संसदीय ममिला मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
तपाईको प्रतिक्रिया !