Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

महन्थ ठाकुरलाई दलको नेता चयन गर्ने जसपाको तयारी

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 12, 2021
महन्थ ठाकुरलाई  दलको नेता चयन गर्ने जसपाको तयारी
86
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । “दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा छ, समय भएमा सम्भवतः आजै नेता चयन हुन्छ, अहिले व्यक्तिको टुङ्गो लागेको छैन”, जसपा स्रोतले भन्यो ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र हुनुहुन्छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज थप छलफल हुने जसपा नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ । पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा साँझ जसपाका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यक्रम तय भएको जसपा नेता केशव झाले बताउनुभयो ।।

पछिलो समाचार

आज महाशिवरात्रि मनाइँदै

अघिल्लो समाचार

श्री सरस्वती उच्च मावीको कक्षा १ का बच्चाहरु पढाउदै :प्रदेश २ का प्रमुख डा.अहिराज

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits