Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ : सभामुख

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 1, 2021
उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ : सभामुख
36
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्ले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि अझ धेरै भूमिका खेल्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म आफू लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “विधि–विधान, कानून, नीति निर्माणमा हुने छिद्रताले गलत मनसाय राख्नेका लागि खेल्न सक्ने प्रशस्त ठाँउ दिने भएकाले कानून निर्माणमा शुद्धता, पवित्रता, गुणस्तर कायम गर्न सकिएमा मात्रै सुशासन कायम गर्न सकिन्छ ।”

राष्ट्रको उच्च ओहदाको जिम्मेवारीमा रहने व्यक्ति सबैभन्दा बढी अनुशासित र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “नियम कानूनको पालना सबैभन्दा बढी हामीले नै गर्नुपर्छ, आत्मानुशासन नै महान कुरा हो । बनाएका कानून के कति कार्यान्वयन भए, भएन त्यसको अनुगमन र निगरानी संसद्ले गर्नुपर्छ ।” संसद् विघटनपछि नेपाली पत्रकारिता जगतले अग्रमोर्चामा रही गरेको बहस पैरवीको सह्रना गर्दै उहाँले भन्नुभयो, “जनताको एकता, लोकतन्त्र, लोकतान्त्रिक मूल्यमान्यता र शान्तिपूर्ण ढङ्गबाट अघि बढ्ने मनमस्तिष्कलाई पनि सञ्चार क्षेत्रले सश्लेषण गर्नुपर्छ, नेपाली पत्रकारिता जगतको हालसम्मको भूमिका गौरव गर्न लायक छ ।”

समारोहमा एक हजार डलर राशीको इञ्जा कृति पुरस्कार लेखक राजेन्द्र पराजुलीलाई र सोही राशीको इञ्जा खोजी पत्रकारिता पुरस्कार लोकान्तर अनलाइनका समाचार सम्पादक सुशील पन्त र नागरिक दैनिकका वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई प्रदान गरियो । राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेशका समाचारदाता निरा गौतम, कान्तिपुर दैनिक बझाडका समाचारदाता वसन्तप्रताप सिंह र नेपाल टेलिभिजनका दोलखा सम्वादताता मन्दिरा थापालाई एक हजार अमेरिकी डलर राशीको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारीलाई पनि सो अवसरमा विशिष्ट पत्रकार सम्मान प्रदान गरियो । इञ्जाले त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्राध्यापक लालदेउसा राईलाई रु ६१ हजार १११ नगदसहित इञ्जा दीर्घसेवा सम्मान प्रदान ग¥यो । सो विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले पत्रकारिता स्वतन्त्रता, समाज र राष्ट्रका लागि हुनुपर्छ भन्दै सम्मानित व्यक्तित्व राई नेपाली पत्रकारिता क्षेत्रको पुरकका रुपमा रहनुभएको बताउनुभयो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष बुढाथोकी, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश बुढाथोकी, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, लेखक पराजुली, पुरस्कृत व्यक्तित्व निरा गौतमलगायतले पत्रकारिता क्षेत्रमा लगानशीलता र निरन्तरता तथा सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

इञ्जाका एशियाका अध्यक्ष टङ्क पन्तले अमेरिकाको भर्जिनियामा केन्द्रीय कार्यालय रहेको इञ्जाले पत्रकारितालाई व्यावसायिक बनाउन र अप्ठ्यारोमा परेका पत्रकारका लेखन वृत्तिमार्फत सहयोग पु¥याई पेसामा रहन प्रेरणा दिइरहेको जानकारी दिनुभयो ।

पछिलो समाचार

संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन

अघिल्लो समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आव्हान

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits