जनकपुरधाम, फागुन १० जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जलाउन चाहेको संविधानलाई आज बचाउने अवस्था आएको बताएका छन् । मुस्लिम समुदायको बारेमा अध्यक्ष यादवद्वारा नेपालीमा लिखित पुस्तकको उर्दु संस्करणलाई आज जनकपुरधाममा बिमोचन गर्दै पुर्व उपप्रधान मन्त्री समेत रहेका यादवले भने, ‘कस्तो अवस्था हो, जुन संविधान जलाउनु पर्छ भन्थ्यौं आज त्यै संविधानको रक्षा हामी आफैले गर्नुपर्ने समय आएको छ ।’ प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दा भन्दै आज सोहि संविधान नै समाप्त पार्न उद्वत छन्, तर हाम्रो संविधानमा असहमित थियो आज संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि सोहि संविधानको रक्षाका लागि आन्दोलन गर्न परिरहेको छ ।’ यादवले थपे । अध्यक्ष यादवले परिवर्तणका कारी शक्तिको पहिचान गर्न मुस्लिम समुदायका अगुवाहरुलाई आग्रह गरेका छन् । देशको रक्षा गर्ने नेपाली सेना र प्रहरीमा मधेशी खास गरि मुस्लिम समुदायलाई किन सहभागि गराइदैन ? प्रश्न गर्दै यादवले भने, ‘देश बर्बाद गर्ने कांग्रेस र नेकपालाई मात्र कति दिन परिक्षण गर्ने ? अव देशको सच्चा परिवर्तणकारी शक्ति बनाउनोस ।’ यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संघियतालाई समाप्त गर्ने प्रपञ्च रचेको आरोप लगाएका छन् । यादवले भने,‘संघियता मात्र एक यस्तो प्रणाली छ जहाँ पावरको शेयरिङ्ग हुन्छ । जनताले शक्ति, साझेदारी र हिस्सेदारी संघियतामार्फत मात्र पाउन सक्छन् । संघिय प्रणाली कुनै पृथकतावाद होइन, यो प्रणाली तोड्ने नभई जोड्ने प्रणाली हो ।’
मुस्लिम समुदायको अगुवा मौलानाहरुको संस्था जमीय ओलमाय नेपालले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रम समेत रहेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लीम समुदाय पछाडि पर्नुको मुख्य कारण मध्ये शिक्षा समेत रहेको बताए । उनले आ–आफ्नो सन्तानहरुलाई मर्दशा शिक्षाका साथै आधुनिक शिक्षाका लागि विद्यालय पठाउन आग्रह गरे । युवा शिक्षित नभए उनीहरुलाई रोजगारीमा समेत समस्या आउने उनको धारणा थियो ।
कार्यक्रममा अध्यक्ष यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दु संस्करण विमोचन गरिएको थियो । मौलाना खालिद रसिदले नेता यादवले लेखेको सो पुस्तकको उर्दु अनुवाद गरेका छन् ।
तपाईको प्रतिक्रिया !