Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रधानमन्त्री केपी शर्मा ओलीले द्धन्द्ध निम्त्याउन खोजेको :नेपाल

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 12, 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले द्धन्द्ध निम्त्याउन खोजेको :नेपाल
69
SHARES
173
VIEWS
Share on FacebookShare on Twitter


नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्धन्द्ध निम्त्याउन खोजेको बताउनुभएको छ ।
विहिबार काठमाण्डौमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओलीले द्धन्द्धलाई निम्त्याएको बताउनुभएको हो । तात्कालिन शाही शासन कालमा पनि राजसंस्थाका पदाधिकारीमाथि टिकाटिप्पणी हुने गरेको र त्यसो गरेवापत कसैलाई पक्राउ नगरिएको भन्दै उहाँले वर्तमान सरकारले भने दिन दहाडै हतियार सहितका प्रहरी पठाएर झाँक्रीलाई पक्राउ गर्ने काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “उहाँ द्धन्द्ध निम्त्याउन लाग्नु भएको छ । हिजो राजा विरेन्द्रकी श्रीमती ऐश्वर्यलाई पम्फादेवी को बैक खाता क्या हो ? भनेर तेत्रो नारा लाग्यो । बोलेका होइनन् ? तर कोही मान्छे गिरफ्तार भएका थिए ? आज त राष्ट्रपतिमाथि केही पनि बिग्रिएको होइन । उहाँले राष्ट्रपतिको गरिमामय पद र मर्यादामा होइन त्यही हैसियतमा उहाम्ँले गरेका कामहरुमा महिला भएर उन्मुक्ति पाउनुहुन्न भन्नुभएको हो । कोही पनि मान्छे आलोचना भन्दा माथि हुनसक्छन् ? संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर बोलेको होइन । मेरो सरकार भन्न पाईन्छ ?”
अध्यक्ष नेपालले नेतृ झाँक्रीलाई अपराधीलाई पक्रे जसरी पक्राउ गरेको सरकारसंग अपराधी, भ्रष्टाचारी, तस्कर र बलात्कारीलाई गिरफ्तार गर्नेे हिम्मत नभएको बताउनुभयो । उहाँले आफ्ना अध्यक्षलाई चिडियाखानामा राखिदिने भनी अभिव्यक्ति दिने गृहमन्त्री राम बहादुर वादललाई कारवाही हुन्छ कि हुदैन भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो“बोल्न पनि नपाउने ? भन्न पनि नपाउने ? मुखमा टेप लगाएर बस्नुपर्ने? अपमानजनक कुनै कुरा भनेको पनि लाग्दैन , तर हेर्नुहोस्् त दिन दहाडै हतियारबद्ध प्रहरीहरु पठाएर कुनै अपराधीलाई गिरफ्तार गर्न गएजस्तो । हिम्मत छैन अपराधीलाई गिरफ्तार गर्ने । चरम भ्रष्टाचारीहरु खुल्ला हिडिरहेका छन् । तस्कर, माफियाहरु खुल्ला हिडिरहेका छन् । राज्यको सम्पतिको दोहन गर्ने, जनविरोधीहरु खुल्ला हिडिरहेका छन् । बलात्कारीहरु खुल्ला हिडिरहका छन् । कतिले न्याय पाए ? कतिजना थुनामा परे ? कतिजना राज्यको दण्ड भोगिरहका छन् ? यसको जवाफ छ ? बलात्कारीलाई कारवाही गर भन्दा यो त प्राकृतिक प्रक्रिया हो नि भन्ने अनि आफ्नो अध्यक्षलाई चिडियाखाना राखिदिने भन्ने । यस्तो बोले वापत उनीमाथि कारवाही हुन्छ कि हुदैन ?”

पछिलो समाचार

प्रधानमन्त्री ओलीद्धारा प्रधानमन्त्री कार्यालय र धरहरा निरीक्षण

अघिल्लो समाचार

निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडी बढाएयो : मन्त्री शाह

तपाईको प्रतिक्रिया !

ताजा समाचार

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

1 hour ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

2 days ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

3 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

3 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits