जनकपुरधाम, माघ २४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सत्तारुढ नेकपाभित्रको बिबादका कारण प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको आरोपलगाएका छन्। संसद विघटनको बिरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा शनिबार जनकपुरधाममा बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीका कारण प्रतिगमनको खतरा बढेसँगै संघीयता र संविधान नै समाप्त हुने हो कि भन्ने आशंका बढेकोमा निधिले चिन्ता व्यक्त गरे। उनले गत निर्बाचनमा नेपाली कांग्रेसजस्तो प्रजातन्त्रका पक्षमा समर्पित दल पराजित भएका कारण मुलुकमा यो अबस्था सिर्जना भएको उल्लेख गरे। यो बास्तबिकतालाई जनताले बुझेर भोलिका दिनमा हिजोकोे गल्ती दोहोरिन नदिनेतर्फ सचेत हुनुपर्नेमा उपसभापति निधिले जोड दिए।उपसभापति निधिले ओलीको त्यो सपना कांग्रेसले पूरा हुन नदिने बताए।
उनले राजतन्त्र फर्काउन खोज्नेहरुलाई नेपाली जनताले लखेटेर भगाउने दाबी गरे। धनुषाको पार्टी कार्यालयबाट निस्केको जुलुस क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा पुगेर सभामा परिणत भएको थियो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार शनिबार पार्टीका १८ वटा शुभेच्छुक संस्थाहरुले देशैभर विरोध प्रदर्शन गरिएको हो।
तपाईको प्रतिक्रिया !