१६ माघ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन शुक्रवार ९आज० लैनचौरको शहीद स्मारकमा ज्ञातरअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शहीदको बलिदानले नै नागरिकलाई अधिकार सम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो । कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति नागरिकका हातमा पुर्याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, सर्वसाधारणलगायतको सहभागिता थियो । सभा हुनुअघि रत्नपार्क शान्ति वाटिकामा भेला भइ बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो ।
तपाईको प्रतिक्रिया !