Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

राजसंस्थाअब पुन:स्थापना हुनुपर्छ :लोहनी

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 24, 2021
राजसंस्थाअब पुन:स्थापना हुनुपर्छ :लोहनी
55
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले जनताले माग नगरे पनि विदेशीको इशारामा राजसंस्थाको अन्त्य गरिएको बताएका छन्। पार्टीको झण्डोत्तलन र चुनाव चिन्ह अनावरण कार्यक्रमलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै लोहनीले भने,‘१२ बुँदे सम्झौतामापनि राजसंस्था फाल्नुपर्छ भनेर भनिएको छैन। निरंकुश राजतन्त्र हटाउने भनिएको छ। तर, दलहरूले विदेशी शक्तिको इशारामा राजसंस्था फ्याले।’

सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा राजसंस्था र हिन्दु धर्मले मात्र बाँध्नसक्ने भएकोले आफूहरू त्यही अभियानमा अगाडी बढेको लोहनीले उल्लेख गरे। संविधानको संरक्षण गर्नपनि अहिलेको तरल राजनीतिक अवस्थामा राजसंस्था आवश्यक भइसकेको उनको भनाइ थियो। ‘राष्ट्रपतिले संविधानको रक्षा गर्नसक्नु भएन। प्रधानमन्त्री केपी ओलीले भनेको कुरा गरिरहनु भएको छ,’ लोहनीले भने, ‘संवैधानिक अप्ठ्यारा आउँदा राजाले कानुनविदहरूसँग सल्लाह लिनुहुन्थ्यो। निश्पक्षता र नैतिक शक्तिका लागि पनि राजसंस्था राख्नुपर्ने भएको छ। ’राजसंस्था फर्किनुलाई प्रतिगमन भन्नेहरू स्वयं प्रतिगमनकारी रहेको उनले बताए। ‘राजसंस्था प्रतिगमन हो भने बेलायत, डेनमार्कलगायतका राजाहरू के प्रतिगमनकारी हुन्?,’ उनले भने, ‘शासन गर्न होइन संविधानको संरक्षण गर्न संवैधानिक राजतन्त्र चाहिन्छ भनेर हामीले भनेका हौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको उनले बताएका छन्। ‘प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चाल्नु भएको छ, प्रधानमन्त्री भइसकेकाहरू एकअर्कालाई खुलेर गाली गर्न व्यस्त हुनुहुन्छ,’ लोहनीले भने, ‘गणतन्त्र र संविधान उहाँहरूलाई बाँदरको हातमा नरिवल भइसकेको छ।’हिजो फाटेको चप्पल लगाएर अहिले एसीमा बस्नथालेकाहरूलाई गणतन्त्र फलिफाप भएको उनको भनाइ थियो।‘हिजो फाटेका चप्पल लगाउनेहरू अहिले एसीमा बस्न थालेका छन्, राम्रोसँग पानी खान नसक्नेलाई वाइन चाहिएको छ, होली वाइन भइदिए झनै राम्रो,’ लोहनीले भने, ‘राष्ट्रमा शासन चलाउने न्यूनतम नैतिकतासमेत देखिएको छैन।’ राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादव ज्यू काे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न । अतिथिको रूपमा केन्द्रीय कार्य सम्पादन सदस्य कृष्ण प्रताप मल्ल, रामचन्द्र राय, श्याम तिमलसिना, मनोजप्रताप मल्ल, श्रवणकुमार झा, प्रमोद गोयनका, प्रेक्षा मल्ल, नथुनीलाल दास, युवा संगठनका केन्द्रीय अध्यक्ष राजु लोहनी तथा केन्द्रीय सदस्य प्रदीप गुप्ता, सचिव कमलेशकुमार मण्डल र मुकेश यादव, कोषाध्यक्ष आनंद कुमार साह, प्रवक्ता सुवोध ठाकुर सहितको सहभागिता रहेको थियो ।

पछिलो समाचार

संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउनका लागि पिछडावर्ग

अघिल्लो समाचार

आठै जिल्लामा एक साथ कोरोना विरुद्धको खोप अभियान शुरु हुने

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits