हेटौंडा, पुस २२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विदेशीहरुको डिजाइन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको दाबी गरेका छन् । हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री थापाले ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे। विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै थापाले संसद विघटनको घटनाबाट मुकुक थप जटिलतातर्फ फसेको बताए । अब यसलाई अवसरको रुपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक भएको थापाको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !