प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरिरहेको सम्बोधन सकिएको छ।सम्बोधनमा उनले राज्य सञ्चालनको अन्तिम निर्णयकर्ता जनता भएको बताएका छन्।प्रतिनिधिसभा संसद विघटनपछि आफ्नो पक्षमा बन्दै गएको नकारात्मक माहौल चिर्न प्रधानमन्त्री केपी ओलीले आज देशवासीको नाममा सम्बोधन गरे । उनले आफ्नो सम्बोधनलाई १२ बुँदामा विभाजन गरी आफ्नै पार्टीभित्रबाट सरकारविरुद्ध किचलो निकालेर कामै गर्न नदिएपछि आफु ताजा जनादेशका लागि संसद विघटन र नयाँ निर्वाचनको निर्णयमा पुगेको बताएका छन् ।
प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त उनको १२ बुँदे पूर्ण सम्बोधन
. घेराबन्दीमा पुर्याइएपछि मेरा सामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन
. जनादेश विपरीत अन्त्यहीन बार्गेनिङ र दबाब
.साथीहरुका आँखा निरन्तर पद, प्रतिष्ठा र पद–सोपानमा
. सरकारलाई राम्रोसँग चल्नै दिइएन
. महाधिवेशनका लागि साथीहरुले ४ महिना पनि कुर्न सकेनन्
. मेरो प्रयासलाई मेरो कमजोरी ठानियो
. गंभीर षडयन्त्र
. सधैभरि सत्ता, सधैभरि सरकार र सधैभरि पदीय भागबण्डाको चक्रव्यूह
. नयाँ जनादेशका लागि सार्वभौम जनतासमक्ष
. लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर. बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौता
. निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ
तपाईको प्रतिक्रिया !