जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवशिय जनकपुर साहित्य महोत्सवको आज चौथो दिनमा सिनेमाको रंग सत्रमा बोल्दै नायिका मनिषा कोइरालाले कला क्षेत्रलाई राज्यले महत्व दिन नसकेको आरोप लगाएकी छन्। नायिका कोइरालाले राज्य तथा समाजले कला क्षेत्रलाई सहयोग नगरेका कारण नेपाली फिल्म जगतले प्रगति गर्न नसकेको बताइन्।
उनले कला, साहित्य तथा खेललाई सहयोग नगर्ने समाज खल्लो हुने गरेको बताइन्। विकसित देशहरुले कला, साहित्य, खेललाई निकै सहयोग एवं महत्व दिने गरेको बताउँदै अभिनेत्री कोइरालाले यी विधाहरुलाई राष्ट्रले महत्व दिनुपर्नेमा जोड दिइन्।
नायिका कोइरालाले नेपालमा कलाकारहरुले प्लेटफर्म नपाएको समेत स्वीकार गरिन्। उनले नेपालमा कलाकारको अभाव नरहे पनि कलाकारहरुले प्लेटफर्म पाउन नसकेको तीतो यथार्थ सबैले स्वीकार्नु पर्ने बताइन्। उनले आफन्तको पहुँचले मात्रै फिल्म लगायत कुनै पनि क्षेत्रमा स्थापित हुन नसकिने बताउँदै त्यसका लागि योग्यता, क्षमता एवं अत्यन्तै मिहिनेत गर्नुपर्ने अनुभति व्यक्त गरिन्।
तपाईको प्रतिक्रिया !