Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

गजेन्द्रनारायण सिंहको १९ औं स्मृति दिवस : मुद्दा जीवित तर राजनीतिक पहिचान समाप्त

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 23, 2021
गजेन्द्रनारायण सिंहको १९ औं स्मृति दिवस : मुद्दा जीवित तर राजनीतिक पहिचान समाप्त
151
SHARES
378
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं माघ १० गते मधेसको अधिकार र पहिचानका लागि संघर्षको सुरुवात गरेका गजेन्द्रनारायण सिंहको निधन भएको आज १९ वर्ष भएको छ । यस अवसरमा उनलाई तराई मधेसका विभिन्न ठाउँमा आज सम्झना गरिएको छ । तर उनलाई राजनीतिक रुपमा सबैले बिर्सेको टिप्पणी पनि भइरहेको छ ।गजेन्द्रनारायण सिंह मधेसका आदर्श भए पनि मधेसी नेता तथा मधेसवादी दलका लागि अब आदर्श रहेनन् । जुन बेला नेपालमा मधेसको नाम लिन पनि मानिसहरु डराईरहेका हुन्थे, मधेसमाथि विभेदको चरमसीमा नाघिसकेको थियो, त्यो बेला उनले धोती, कुर्ता लगाएर मधेसको पहिचानका लागि संघर्ष गरेका थिए । अहिले परिस्थिति धेरै बदलिएको छ । मधेसले पहिचान पाएको छ । मधेसीले पनि बोल्न पाएका छन् । तर मधेसी पहिचानका लागि यो देशमा जीवनभर संघर्ष गरेका नेता गजेन्द्रनारायण सिंहलाई अहिलेका पुस्ताले बिर्सिन थालेका छन् ।

गजेन्द्रनारायण सिंहलाई नजिकबाट बुझेका र उनका साथमा कामसमेत गरेका वरिष्ठ पत्रकार सुकेश्वर पाठकले गजेन्द्रनारायण सिंहको पहिचान राजनीतिक रुपमा समाप्त भएकोमा दुःख लागेको बताए । उनले भने, ‘गजेन्द्रनारायण सिंह मधेसी जनताको मनमनमा हुनुहुन्छ तर उहाँलाई राजनीतिक रुपमा बिर्सिएको छ । राजनीतिमा उहाँको कुनै मान, सम्मान र पहिचान छैन ।’

मधेसको विषयमा कुरा नमिल्दा नेपाली काँग्रेस छाडेर २०४० मा नेपाल सद्भावना परिषद् गठन गरी मधेसी पहिचानका लागि संघर्षमा उत्रिएका गजेन्द्रनारायण सिंहले २०४६ सालमा नेपाल सद्भावना पार्टी गठन गरेका थिए । त्यो पार्टीले मधेसको लागि गरेको संघर्ष र योगदान स्मरणीय छ । त्यो पार्टीबाट थुप्रै नेता जन्मे, ठूलै नेता भए, पटक पटक मन्त्री भए, पार्टीको नेतृत्व पनि गरे तर गजेन्द्रनारायण सिंहलाई आदर्शको रुपमा मान्न छाडे ।
अहिले राजनीतिमा गजेन्द्रनारायण सिंहको अवशेष पनि बाँकी छैन । अधिकांश मधेसवादी दलहरु एकीकृत भइ बनेको राष्ट्रिय पार्टी (जनता समाजवादी पार्टी नेपाल) को कुनै पनि दस्तावेजमा गजेन्द्रनारायण सिंहको नाम उल्लेख छैन । जबकि गजेन्द्रनारायण सिंहका उत्तराधिकारी दावी गर्ने राजेन्द्र महतो, अनिलकुमार झा, अमृता अग्रहरी, सरिता गिरी (हाल पार्टीबाट निकालिएको), मनिष सुमन, लक्ष्मणलाल कर्ण, विकास तिवारीलागयतका नेताहरु सोही पार्टीमा छन् । 

नेपाली काँग्रेसमा बीपी कोइराला, गणेशमान सिंहलाई आदर्श मानिन्छ । नेकपामा मदन भण्डारी, पुष्पलाललाई आफ्नो आदर्श मानिन्छ तर जसपा नेपाल गजेन्द्रनारायण सिंहलाई आदर्शको रुपमा मान्न तयार छैन ।
गजेन्द्रनारायण सिंहलाई नजिकबाट चिनेका अर्का वरिष्ठ पत्रकार सीताराम अग्रहरीले अब यो देशमा मधेसवादी दल नै नरहेको बताए । पहिलाका मधेसवादी दल मिलेर समाजवादी दल बनेकाले नै गजेन्द्रनारायण सिंहलाई आफ्नो आदर्श मान्न तयार नरहेको उनको टिप्पणी छ । जसले गजेन्द्रनारायण सिंहका नाममा राजनीति गरे, नेता बने, उसले पनि आज आदर्शको रुपमा मान्न छाडेको देख्दा दुःख लागेको उनले बताए । मधेसका नेताहरुले गजेन्द्रनारायण सिंहलाई आदर्शको रुपमा मान्नुपर्ने उनको भनाइ छ ।

जसपा नेपालका नेता एवं प्रदेश २, प्रदेश सभा सदस्य विक्की यादवले गजेन्द्रनारायण सिंह मधेसी जनताको हृदयमा बास गरे पनि राजनीतिक रुपमा उनको सम्मान हुन नसकेको स्वीकार गरे । मधेसको राजनीतिमा गजेन्द्रनारायण सिंहको योगदानलाई कदापी बिर्सन नसकिने उनको भनाइ छ ।

गजेन्द्रनारायण सिंहले जे मुद्दा उठाएका थिए, ती मुद्दा आज पनि जीवित छन् । मुद्दा जीवित भए पनि गजेन्द्रनारायण सिंहको पहिचान समाप्त भएको पत्रकार आग्रहरीको बुझाइ छ । गजेन्द्रनारायण सिंह नै यस्ता नेता थिए जसले धोती कुर्ता लगाउने पनि नेपाली नै हो भन्ने बुझाउन निकै संघर्ष गरे । धोती कुर्ता लगाएर सदनमा जाँदा उनी अपमानित पनि भएका थिए । तैपनि उनले धोती कुर्तालाई कहिल्यै छाडेनन् । उनले मधेसका लागि संघर्ष गरे पनि नेपालप्रतिको मायामा कहिल्यै कमी ल्याउन नदिएको पत्रकार अग्रहरी बताउँछन् । 

गजेन्द्रनारायण सिंहको नाममा विभिन्न एनजिओहरु खुलेका छन् । उनको नामबाट कमाई गर्ने काम पनि नेताहरुले गरेका छन् । तर उनीहरु पनि गजेन्द्रनारायण सिंहलाई आदर्श मान्न हिचकिचाउने गरेका छन् । 
जसपा नेपालका केन्द्रीय सदस्य रहेका अनिल महासेठको संयोजकत्वमा हालैमात्र गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रको स्थापना गरिएको छ । मेचीदेखि महाकालीसम्मको सम्पूर्ण उत्पीडनविरुद्ध मधेसीको अधिकारको लडाईको सुरुवात गर्नका लागि केन्द्र स्थापना गरिएको भनिएको छ । 

मधेसी, जनजाति, मुस्लिम, दलित उपर हुने विभेदसहित मधेसीको अधिकारको लडाईलाई मेचीदेखि महाकालीसम्म स्वाभिमान यात्राको सुरुवात गरी मधेसीलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्ने स्व. सिंहको स्मृतिमा यो केन्द्र स्थापना गरिएको बताइन्छ ।

नेपाली राजनीतिमा विभेदमा परेका समुदायहरुको अधिकार र पहिचानका लागि केन्द्रले काम गर्ने संयोजक महासेठले बताए । केन्द्रले नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र सैद्धान्तिक बहसको थलो निर्माणमा विशेष जोड दिने भनिएको छ । 

पहिलो चरणमा मधेसका सबै जिल्ला र अधिकतम स्थानीय तहदेखि देशैभर साथै विदेशमा समेत केन्द्रलाई विस्तार गर्ने बताइएको छ । 
त्यस्तै, केही दिन पहिलेमात्र सप्तरीमा प्रभाकर यादवको अध्यक्षतामा गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । सो प्रतिष्ठानले शनिबार सप्तरीमा विशेष कार्यक्रम आयोजना गरेको छ । त्यसको प्रमुख अतिथि जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो छन् ।

यता, जसपा नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झाले धेरै पहिलादेखि गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान सञ्चालन गर्दै आएका छन् । 

पछिलो समाचार

प्रचण्ड मुक्त देश बनाउनुपर्छ :शहरी विकासमन्त्री प्रभु साह

अघिल्लो समाचार

संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउनका लागि पिछडावर्ग

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits